रौतहट। चुनावको मुखमा जनता समाजवादी पार्टी नेपालका नेताहरूका धमाधम पार्टी नीति विपरीत काम गर्न थालेका छ्न। जसपा रौतहटको जिल्ला अध्यक्षले पार्टी परित्याग गरेको केही दिन नबित्दै जसपाको अर्का प्रभावशाली नेता अनिल यादव खुलेर काङ्ग्रेसलाई समर्थन गरेका छ्न।
अनिल यादव जसपा नेपालबाट गरूडा नगरपालिकाको मेयर प्रत्याशी थिए। उनै यादवले रौतहट ३९ख० का लागि नेपाली काग्रेसका प्रदेश उम्मेदवार जितेन्द्र यादवलाई भोट हाल्न सार्वजनिक आव्हान गरेका छ्न।
जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवका विश्वासपात्र मानिने अनिल यादवले त्यसो गर्नुका कारण जसपाभित्रको चरम जातिवाद रहेको देखिन्छ। एमालेसङ्ग गठबन्धन गरेपनि जसपाका यादव नेताहरूले काग्रेसको यादव उम्मेदवारलाई सघाउने ‘अप्रत्यक्ष’ नीति लिएको अनिल यादव निकटको स्रोतबाट बुझिएको छ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।