काठमाडौं– डा. गोविन्द केसीले एक भिडियो सन्देशमा आफ्नो अभियानमा साथ दिएको भन्दै काठमाडौं–४ का उम्मेदवार गगन थापाका लागि मत मागेका छन्।
भिडियो सन्देशमा मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र सुशासनको आफ्नो अभियानमा गगन थापाले एक दशकदेखि साथ दिएको केसीले बताएका छन्।
‘कति उपलब्धी त उहाँको सहयोग नभएको भए प्राप्त हुँदैनथ्यो’ डा। केसीले भनेका छन्, ‘गगन थापा र उहाँजस्तै चरित्र भएका सबै युवा नेतालाई शुभकामना छ।’
आफ्नो बोलिमा अडिग रहन सक्ने युवा नेताहरुको सानो सूची रहेको भन्दै उनले गगन थापा उक्त सूचीको अग्रपंक्तिमा रहेको पनि बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।