सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

अस्वस्थताका बीच पनि प्रदीप पौडेललाई जिताउन घरदैलोमा नै हिँडे नरहरि आचार्य

अस्वस्थताका बीच पनि प्रदीप पौडेललाई जिताउन घरदैलोमा नै हिँडे नरहरि आचार्य

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २४ २०७९

  • 8.5K
    SHARES

  • अस्वस्थताका बीच पनि प्रदीप पौडेललाई जिताउन घरदैलोमा नै हिँडे नरहरि आचार्य

    काठमाडौँ - काठमाडौं ५ मा नेपाली काँग्रेसका युवा नेता प्रदीप पौडलको चर्चा दिनानुदिन बढीरहेको छ ।

    प्रदीपको अब्बल पक्षका रूपमा युवा उम्मेदवार र स्वच्छ छविलाई हेरिएको छ । पहिलोपटक प्रतिनिधिसभामा उम्मेदवार रहँदा पनि कसैलाई म प्रदीप पौडेल भनेर चिनाउनुपर्ने अवस्था छैन । प्रदीपलाई पार्टीको मत जोगाउन कुनै चुनौती देखिँदैन ।

    सोही क्षेत्रबाट टिकट खोजेका स्वर्णिम वाग्ले पनि उनको प्रचारमा खुलेर लागेका छन् । यता विगतमा ईश्वरलाई नै पराजित गरेका नरहरि आचार्यसमेत अस्वस्थताका बीच प्रदीपको प्रचारमा जुटेका छन् ।

    संघीय सांसद र स्थानीय तहबीच समन्वय हुन सकेन भन्ने गुनासो, अति सामान्य काम पनि भएन भन्ने गुनासो र जितेर गएका व्यक्ति फर्केर आएनन् भन्ने गुनासो त्यस क्षेत्रका मतदाताहरूले गरेको उनले बताए ।

    सोही क्षेत्रबाट प्रदीपसँग चुनावी मैदानमा नेकपा एमालेका नेता इश्वर पोखरेल र स्वतन्त्र उम्मेद्धवार रञ्जु दर्शना पनि रहेका छन् । चुनावको दिन नजिकिँदै गइरहेका बेला यहाँको परिणाम कस्तो आउला भन्ने चासो आम मतदाताको बढीरहेको छ ।

    काठमाडौं– ५ मा काठमाडौं महानगरपालिकाका वडा २, ३, ४ र ५, बूढानीलकण्ठ नगरपालिकाका वडा ३,४,५,६ र ७ का साथै टोखा नगरपालिकाका २,३,४,५, ६ र ७ वडाहरू पर्छन् ।

    यी क्षेत्रमा बढी मात्रामा बाहिरी जिल्लाबाट बसाइँ सरेर आएको जनसंख्या बढी छ । एकातर्फ दोलखा, रामेछाप, ओखलढुंगामा पुरानो घर भएका अर्कोतर्फ तनहुँ, लम्जुङ, कास्की । त्यस्तै नुवाकोट, धादिङलगायतका जिल्लाबाट बसाइँ सरेर आएका छन् ।

    pradipp (4).jpg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक २४ २०७९०२:३४:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend