काठमाडौं– राप्रपाकी केन्द्रीय सदस्य नेपाली कांग्रेस प्रवेश गरेकी छन्। सिन्धुपाल्चोककी नेतृ तथा राप्रपाकी केन्द्रीय सदस्य यसमिन ढुंगाना जम्बो टोलीसहित नेपाली कांग्रेसमा प्रवेश गरेकी हुन् । ढुंगानासहित सिन्धुपाल्चोकका करीव १५० जना नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्यद्वय विमलेन्द्र निधि र मोहनबहादुर बस्नेतसहितका नेताहरूले पार्टीमा स्वागत गरेका छन् ।
सिन्धुपाल्चोक–२ मा कांग्रेस नेता बस्नेत प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । नेता बस्नेत सिन्धुपाल्चोक–२ मा उम्मेदवार बनेपछि राप्रपा, एमालेसहितका दलहरूका कार्यकर्ताले समेत समर्थन गर्न थालेका छन् ।
नेता बस्नेतले सिन्धुपाल्चोकमा लोकतान्त्रिक–वाम गठबन्धनको जित सुनिश्चित रहेको बताए। राप्रपा, एमालेलगायतका दल परित्याग गरेर कांग्रेस प्रवेश गर्नेहरूमा थलबहादुर तामाङ, शिवप्रसाद खतिवडा, समिर खतिवडा, छविलाल ढकाल, प्रदीप तामाङ, पदम गुरुङ, नजरमान श्रेष्ठ, जंगे गुरुङ, अर्जुन गुरुङ, कविता गुरुङ, अम्बिका बानियाँलगायतका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।