विराटनगर– नेपाली कांग्रेसले मोरङ ३ क का उम्मेदवार शेखरचन्द्र थापाको निधनपछि नयाँ उम्मेदवार अघि सारेको छ। कांग्रेसले प्रदेशसभामा मानबहादुर लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
उनले दिउँसो १ बजेसम्म मनोनयन दर्ता गराउँदै छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विहीवार उम्मेदवारको मनोनय दर्ता गराएका उम्मेदवारविरुद्ध दावी विरोधलगायतका प्रक्रिया पुरा गरेरर शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
प्रदेश १ का वन वातावरण तथा भूसंरक्षणमन्त्रीसमेत रहेका थापाको उपचारका क्रममा बुधबार बिहान विराटनगरस्थित नोबेल अस्पतालमा निधन भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।