सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

ललितपुर १ मा एमालेलाई धक्का, निर्वाचित वडाध्यक्ष नै कांग्रेस प्रवेश

ललितपुर १ मा एमालेलाई धक्का, निर्वाचित वडाध्यक्ष नै कांग्रेस प्रवेश

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २४ २०७९

  • 3.5K
    SHARES

  • ललितपुर १ मा एमालेलाई धक्का, निर्वाचित वडाध्यक्ष नै कांग्रेस प्रवेश

    काठमाडौं–  मंसिर ४ गतेको आम निर्वाचन अघि नेकपा एमालेलाई ललितपुर क्षेत्र नम्बर १ मा ठूलो धक्का लागेको छ ।
    २०७४ सालको स्थानीय तह निर्वाचनमा गोदवारी नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेबाट विजयी भएका बालमुकुन्द घिमिरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एमालेका संघीय उम्मेदवार नवराज सिलवाल र प्रदशसभा (क) का उम्मेदवार मधुसुदन पौडेलको वसोवास रहेको वडा नम्बर ३ मा प्रभाव राख्ने व्यक्ति घिमिरे नै नेपाली कांग्रेसमा प्रवेश गरेपछि एमालेलाई चुनावकै मुखमा संकट परेको हो । 

    २०७४ सालको निर्वाचनमा सिलवाललाई सघाएका घिमिरेले एमालेले विगतमा गरेका प्रतिवद्धताहरु विर्सिएकाले आफूले नेपाली कांग्रेस रोजेको बताएका छन् । ३ वटा विषयमा स्नातकोत्तर गरेका घिमिरे कानुन व्यवसायी पनि हुन् ।

    २ पटक एमालेको जिल्ला सचिवालय सदस्य समेत रहेका घिमिरेलाई नेपाली कांग्रेसमा प्रवेश गराउँदै संघीय संसदका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्सेर राणाले पार्टीले उचित जिम्मेवारी दिने बताएका छन् ।

    घिमिरेले आजैदेखि लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने भन्दै गोदावरीमा भएको घरदैलो अभियानमा सक्रिय भएको पनि बताएका छन् ।

    २०७४ सालको निर्वाचनमा नवराज सिलवालसँग पराजित भएका उदय शम्सेर राणा अहिले उनैलाई पराजित गर्ने गरि चुनावी मैदानमा रहेका छन् । ५ दलीय गठबन्धनका उम्मेदवार राणाले यसपटक आफूले जित्नेमा ढुक्क रहेको बताउँदै २०७० सालमा निर्वाचित भएपछि सुरु गरेका कामहरु पूरा गर्ने बताउँदै आएका छन् । दक्षिण ललितपुरको विकासका लागि आफ्नो ध्यान केन्द्रीत हुने पनि राणाको भनाई रहेको छ ।

    वैशाख ३० गतेको निर्वाचन अनुसार ललितपुर १ मा ३० वटा वडा पर्छन् । जसमा नेपाली कांग्रेसले २२ वडा जित्दा माओवादी केन्द्रले ५ वटामा जित निकालेको थियो । यहाँ एमालेले ३ वटा वडामात्रै जितेको छ । कांग्रेसका वडाअध्यक्षहरूले २३ हजार ८५४, एमालेले १८ हजार ९९३ र माओवादी केन्द्रले ६ हजार १३३ मत पाएका थिए । झण्डै लोकतान्त्रिक वाम गठबन्धन १० हजार मतले अगाडि रहेको छ ।    

    एमाले त्यागेर नेपाली कांग्रेस प्रवेश गरेका बालमुकुन्द घिमिरेले के भने ?

    ‘म संविधान रक्षाका लागि लड्ने मान्छे हो । विगतमा म एमालेमा रहँदासम्म इमान्दारिताका साथ काम गरेँ । जव केपी ओलीले संसद विघटन गर्नुभयो, त्यो गैर संवैधानिक कुरा थियो र पार्टी भित्र मैले त्यतिबेला पनि यो गैर संवैधानिक छ भनेर कुरा उठाएँ । जतिसुकै विवाद भएपनि संविधान र देशको लागि यो गलत कदम हो भनेको थिएँ । पछिल्लो दिनमा एमालेले पूर्व पञ्चहरुलाई लिएर गठबन्धन बनायो यसमा मेरो असहमति हो ।

    नेपाली कांग्रेसले प्रगतिशील र परिवर्तनकारी शक्ति वाम गठबन्धनले गर्दा यो देश, संविधानको रक्षा र जनताकै परिवर्तनका साथै विकास पनि हुन्छ भन्ने कुराले आकर्षित भएर नेपाली कांग्रेस प्रवेश गरेको हुँ । आजैदेखि गठबन्धनलाई जिताउन लागि सके ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend