आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

सागर ढकालको फन्डा बारे बोल्यो निर्वाचन आयोग, दियो यस्तो निर्देशन 

सागर ढकालको फन्डा बारे बोल्यो निर्वाचन आयोग, दियो यस्तो निर्देशन 

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २२ २०७९

  • 7.7K
    SHARES

  • सागर ढकालको फन्डा बारे बोल्यो निर्वाचन आयोग, दियो यस्तो निर्देशन 

    काठमाडौं– डडेल्धुराका स्वतन्त्र उम्मेदवार सागर ढकाललाई प्रशासनले माइकिङ गरेर चुनाव प्रचारप्रसारमा रोक लगाएको घटनाप्रति निर्वाचन आयोगले आपत्ति जनाएको छ। मंगलबार गृह मन्त्रालयलाई पत्राचार गर्दै आयोगले कुनै पनि नागरिकले चुनावमा भाग लिएर प्रचारप्रसार गर्न पाउने अधिकार हनन् नगर्न निर्देशन दिएको छ।

    निर्वाचन आचारसंहिताले खुला प्रचारका लागि समय दिएको अवस्थामा उम्मेदवारलाई माइकिङ गर्न नदिनु बहुदलीय लोकतान्त्रिक शासन प्रणालीविरुद्ध हुने आयोगले स्मरण गराएको छ। 

    आयोगले गृह मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, ‘निर्वाचनमा उम्मेदवार भएका हरेक व्यक्तिलाई प्रतिस्पर्धाको समान अवसर प्राप्त हुन्छ भन्ने आम लोकतान्त्रिक विश्वासलाई कायम राख्नु आयोगको संवैधानिक जिम्मेवारी हो। आवधिक निर्वाचनमा सार्वभौम अधिकारको अभिव्यक्ति मताधिकारमार्फत हुने हुँदा सार्वभौम मतदाता र आफ्नो लागि सार्वभौमको मत र विश्वास माग गर्ने उम्मेदवार दुवै कानून बमोजिम निर्वाचन प्रचारप्रसार गर्न स्वतन्त्र रहन्छन्। सार्वभौम मतदाता र उम्मेदवार दुवैलाई कानूनबमोजिम निर्वाचन प्रक्रियामा निर्वाध सहभागी हुने अक्षुण अधिकार रहेको हुन्छ, यसलाई कुनै तवरबाट अवरोध गर्न गराउन हुँदैन।’

    आयोगले गृह मन्त्रालयलाई ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन रुपमा प्रचार प्रसार गर्न पाउने अवस्थाको सुनिश्चितता गर्न भनेको छ।

    कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासमेत प्रतिस्पर्धी रहेको डडेल्धुरामा सोमबार प्रशासनले ढकाललाई माइकिङ गरेर चुनाव प्रचार गर्न रोक लगाएको घटना सार्वजनिक भएको थियो। ढकालले आफूलाई प्रशासनले चुनावमा जानै रोकेको भन्दै सामाजिक सञ्जालमार्फत गुनासो गरेका थिए । ढकालले गुनासो गरेको केही घण्टामै जिल्ला प्रशासन कार्यालय डडेल्धुराले चुनाव प्रचारमा अवरोध नगरेको दाबी गर्दै विज्ञप्ति निकालेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २९ २०७७०५:५८:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend