सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

मेरो जित निश्चित छ, जनताले मैले गरेको काम हेरेका छन्ः अर्जुनप्रसाद जोशी [अन्तर्वार्ता] 

मेरो जित निश्चित छ, जनताले मैले गरेको काम हेरेका छन्ः अर्जुनप्रसाद जोशी [अन्तर्वार्ता] 

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २२ २०७९


  • मेरो जित निश्चित छ, जनताले मैले गरेको काम हेरेका छन्ः अर्जुनप्रसाद जोशी [अन्तर्वार्ता] 

    २०५६ सालको संसदीय निर्वाचन,  २०६४ र २०७० सालको संविधानसभा निर्वाचनमा पर्वतबाट विजयीको ‘हृयाट्रिक’ गरेका कांग्रेस नेता हुन् अर्जुनप्रसाद जोशी । अहिलेसम्म हेभीवेट नेता नपाएको जिल्लाको ट्याग लागेको पर्वतको विकाश गर्न भन्दै जोशी, एमाले नेता पदम गिरीसहितका नेता चुनावी मैदानमा छन् ।

    जोशीका लागि यो पटक भने गठबन्धनको भरोसा छ । अघिल्लो पटक गिरीसँग रहेको माओवादी यो पटक जोशीको साथमा छ  । अझै साथमा छ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी पनि । सत्ता गठबन्धनको बलमा उनी गिरीसँग पराजयको बदला लिन चाहन्छन्, यो पटक । चुनावी चटारोका समयमा हामीले नेता जोशीलाई  तपाईले जित्छु भन्ने आधारहरु के के छन् भनेर सोधेका छौँ । 

    images
    images

    चुनावको मिति नजिकिँदै गएको छ, ढुकढुकी कत्तिको बढेको ?

    सुन्दर नगरी पर्वतको उकाली ओराली अनि घर दैलोमा ढुकढुकी पुरै बढेको छ । ढुकढुकीसँगै हामीले जनताको शुभेच्छा लिइरहेका छौँ । जसका कारण चुनाव जित्नेमा ढुक्क छौँ । 

    पर्वतबाट निर्वाचित भएर ‘हृयाट्रिक’ गर्नुभएको  तपाईलाई एमाले नेता पदम गिरीले २०७४ मा पराजित गर्नुभयो । गिरीसँगको यो प्रतिस्पर्धाका कारण ढुकढुकी कति बढेको छ भनेको?  

    त्यतिबेलाको गठबन्धन र पदमलाई जिताउने शक्ति माओवादी र गठबन्धन अहिले हामी एकै ठाउँमा छौँ । जुन शक्तिको मद्दतले त्यतिबेला गिरीले जित्नु भयो, अहिले माओवादी र एकिकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन हामी एकै ठाउँमा भएका कारण नतिजा हाम्रै पक्षमा आउने पक्का छ । पर्वतमा एमाले एक्लो भएका कारण मैले चुनाव जित्छु भन्ने कुरामा पूर्ण विश्वस्त छु । 

    घरदैलोमा मतदातासँगको भेटघाटमा के पाउनुभयो?

    अहिले पनि घरदैलोमा नै छु । घरदैलोमा एकदम भरोसा, विश्वास पाएको छु । यो गठबन्धनले संविधानको रक्षा गर्छ, विकाश गर्छ , समृद्धि ल्याउँछ भन्ने कुरा हामीले जनतामा  राखेका छौँ । जनता सकारात्मक हुनुहुन्छ । मैले विगतमा  गरेको कामलाई जनताले अहिले पनि सम्झिरहन्छन् । अझै बाँकी रहेका र ठूला कामहरु म आएपछि फेरि गर्नुछ । 

    २०५६, २०६४ र २०७० को जित र २०७४ को पराजयबाट कस्तो पाठ सिक्नु भएको छ?

    २०५६, २०६४ र २०७० मा मैले पर्वतमा विकासको एकखालको लहर चलाएँ । तर,  २०७४ को पराजयलाई मैले गम्भीर भएर समीक्षा गरेको छु । हिजो के कस्ता कमिकमजोरीहरु भए भन्ने कुरालाई सुधार गरेर मैले जानुपर्ने महसुस गरेको छु । 

    यहाँले अघिल्लो पटक पनि कुश्मा ज्ञादी जोड्ने मोटरेवल पुलका लागि पहल गर्छु भन्नुभएको थियो, यसपटक उक्त विषय यहाँको नजरमा छ कि छैन? 

    मोदी खोलामाथिको पक्की पुल पर्वतवासीका लागि अत्यावश्यक छ । जसको निर्माणले कुश्मा नगरपालिकाको समृद्धि र विकासका लागि ठूलो टेवा पुग्ने भएकाले हामीले उक्त पुल निर्माणमा  पूर्ण रुपमा पहल गनेछौँ । 

    तीनपटक चुनाव जित्दा पनि मन्त्री बन्ने अवसर पाउनुभएन?  यसपटक गठबन्धनको बलमा बाजी मार्ने र मन्त्री बन्ने सपना होला?

    गठबन्धन नै मैले चुनाव जित्ने मुख्य आधार नै भइहाल्यो, त्यसमा कुनै शंका नै रहेन । संसदीय राजनीति, केन्द्रीय राजनीतिमा लामो अनुभवका कारण मलाई अहिले पार्टीले नै उठाएर म चुनाव लडेको हुँ । मलाई मन्त्री बनाउने नबनाउने भन्ने इच्छा पार्टीको हो । पार्टीले अवसर दिएको खण्डमा भोलिका दिनमा म मन्त्री बन्न सक्छु । 

    अर्को पटक पनि चुनाव लड्ने इच्छा छ कि यही अन्तिम हो?

    राजनीतिमा इच्छा आकांक्षा भन्ने कुरा पहिलो र अन्तिम नहुने रहेछ । मैले अघिल्लो पटक नै युवाहरुलाई अवसर दिनुपर्छ भनेको हो । तर, अहिले पार्टी र गठबन्धनले नै मलाई रोजेका कारण म उम्मेदवार बनेको हुँ । आगामी दिनमा मेरो पहल युवा राजनीतिज्ञलाई ल्याउनुपर्छ भन्ने नै पहल हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०२:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend