स्याङ्जा–स्याङ्जा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गराएका नेपाली कांग्रेस (वीपी)का उम्मेदवार प्रदीप पौडेल क्षत्रीले आफनो उम्मेदवारी निष्क्रिय बनाएको घोषणा गरेका छन् ।
प्रजातान्त्रिक समाजवादको आदर्श र मूल्य मान्यताबाट मात्र मुलुकको आर्थिक र सामाजिक परिवर्तन गर्न सकिने जनाउँदै उनले नेपाली कांग्रेसका संघीय उम्मेदवार राजु थापा र प्रदेश उम्मेदवार कुमार रानालाई समर्थन गरको घोषणा गरेका छन् ।
पौडेलसँगै प्रदेशसभाका समानुपातिक तर्फका उम्मेदवार जगतबन्धु पोखरेलले पनि आफनो उम्मेदवार निस्क्रिय पारेको जनाउँदै थापा र रानालाई समर्थन गर्ने बताएका छन् । पौडेल र पोखरेल दुबैले छुट्टाछुट्टै प्रेस विज्ञप्ति निकालेर उम्मेदवारी निष्क्रिय बनाएको घोषणासँगै कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने जनाएका हुन ।
क्षत्रीले आफनो उम्मेदवारी निष्क्रिय बनाएसँगै स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नं. १ मा ११ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।