काठमाडौं - सरकारी लाभको पदमा रहेको भन्दै निर्वाचन आयोगले नेपाल मेडिकल काउन्सिलकी सदस्य डा. तोसिमा कार्की तथा सरकारी छात्रवृत्ति कोटामा अध्ययन गरेर आर्थिक लाभ लिएका रुपन्देही २ बाट उम्मेदवारी दिएका हाम्रो नेपाल पार्टीका डा.कमल भुसालको उम्मेदवारी खारेज गरेको थियो।
कार्कीको उम्मेदवारी भने खारेज नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अदालतको आदेशविरुद्ध आयोग भ्याकेटमा गएको छ । तर यस्तै सरकारी पदमा बहाल रहेका दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटी भने निर्धक्क प्रचार प्रसारमा लागेका छन् ।
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला २०७३ साउनदेखि शिवाकोटीलाई निजी क्षेत्रको प्रतिनिधिका रूपमा लगानी बोर्डको सदस्यमा नियुक्ति गरिएको थियो ।
आगामी मंसिर ४ मा हुने निर्वाचनका लागि गत असोज २३ गते उम्मेदवारी दर्ता भए पनि लगानी बोर्डको वेबसाइटमा अहिले पनि शिवाकोटीको नाम र तस्बिर सदस्यका रुपमा कायमै छ । प्रधानमन्त्री पदेन अध्यक्ष रहने बार्डमा अर्थमन्त्री, वनमन्त्री, ऊर्जामन्त्री, राष्ट्रिय आयोगका उपाध्यक्ष, मुख्य सचिव र गभर्नर पदेन सदस्य हुन्छन् । अन्य सदस्य भने प्रधानमन्त्रीले नियुक्त गर्ने कानुनी व्यवस्था छ ।
निर्वाचन आयोगले त्यसरी लाभको पदमा बसेर कोही कसैले निर्वाचनमा उम्मेद्वारी दिएर प्रचारप्रसारमा लागेको थाहा भए जुनसुकै उजुरी दिन सकिने जनाएको छ ।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले त्यसरी परेका उजुरी पुष्टि भएमा निर्वाचनको दिनसम्म पनि मनोनयन खारेज हुने जानकारी दिए । शिवाकोटी ओलीका भान्जाका रूपमा परिचित छन् । बालकृष्णकी आमाले ओलीलाई भाइटीका लगाउने गरेकी थिइन् ।
सोही कारण पनि ओलीले आफ्ना विश्वास पात्र पार्वत गुरुङलाई पन्छाएर बालकृष्णलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएका थिए । शिवाकोटी सरकारी लाभको पद रहेको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।
नेपाल सरकारको सेवासुविधा पाउने लाभको पदमा रहेर प्रतिनिधी सभाको निर्वाचनमा उम्मेद्वार भई प्रचार प्रसारमा समेत खटिएको भन्दै शिवाकोटीविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखामा उजुरी परेको छ । उक्त उजुरीलाई कार्यालयले दर्तासमेत गरेको छ ।
शिवाकोटीले आफूले भत्ता लिने गरेको हाकाहाकी बताउने गरेका छन् । शिवाकोटी मेगा बैंक, कालिञ्चोक केबुलकार दर्शन लिमिटेडको पनि सञ्चालक छन् । दुवै पब्लिक कम्पनी हुन् । सरकारी सेवासुविधा लिएको उजुरी परेपछि शिवाकोटीले पदबाट राजीनामा दिएको
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।