सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

बाँके-२ : कुरा गर्ने काम नगर्ने इस्तियाक राईलाई प्रश्‍न - सांसद् र मन्त्री हुँदा पनि किन आएन कान्जी हाउसका लागि एक करोड?

बाँके-२ : कुरा गर्ने काम नगर्ने इस्तियाक राईलाई प्रश्‍न - सांसद् र मन्त्री हुँदा पनि किन आएन कान्जी हाउसका लागि एक करोड?

  • मिडिया डबली
  • आइतवार, कार्तिक २० २०७९

  • 2.3K
    SHARES

  • बाँके-२ : कुरा गर्ने काम नगर्ने इस्तियाक राईलाई प्रश्‍न - सांसद् र मन्त्री हुँदा पनि किन आएन कान्जी हाउसका लागि एक करोड?

    काठमाडौं- बाँकेको मुल समस्याको रुपमा रहेको छाडा चौपाया नियन्त्रण गर्ने र यसका लागि कान्जी हाउस बनाउन एक करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गरेका जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राई अहिले फेरि चुनावी मैदानमा छन्। 

    नेपालगञ्ज उपमहानगरपालिकाले कान्जी हाउस सञ्‍चालनमा ल्याए पनि त्यसको व्यवस्थापन भने निकै कठिन बनेको छ। त्यस क्षेत्रका सांसद् र संघीय सरकारको मन्त्री भइसक्दा पनि आफूले प्रतिबद्धता गरेका कुराहरुलाई पूरा गर्न उनी निरन्तर चुक्दै आएका छन्। 

    कान्जी हाउसमा उचित खाना र बस्ने व्यवस्था नहुँदा पशुचौपायाहरु मर्न थालेका छन्। यसले थप समस्या बल्झिएको छ। अहिले आफू हार्ने देखेपछि धर्म र जातको राजनीतिलाई प्रश्रय दिँदै घरदैलोमा गइरहेका राईले तीन वर्षअघि आफूले आफ्नै कार्यकालमा सुदृढ र व्यवस्थित कान्जी हाउसका लागि एक करोड विनिजयोजन गर्न भूमिका खेल्‍ने बताएका थिए। 

    जनताले अहिले उनलाई यही प्रश्‍न गरिरहेका छन्। सत्तामा रहँदा वा नरहँदा आफ्नो सस्तो लोप्रियता र चर्चा कमाउनकै लागि सधैं तम्तयार रहने इस्तियाक राईले जनतामाझ झुटा प्रतिबद्धताहरु गर्ने र त्यसलाई पूरा गर्न कुनै भूमिका नखेल्ने प्रवृति देखिएको छ। 

    कान्जी हाउसमा रहेका पशुचौपायालाई खुवाउनको लागि दानापानीकोसमेत अभाव भएको छ। तर, अहिले मोहम्मद इस्तियाक राईले यस कुरालाई सुन्‍न नै चाहेका छैनन्। जहिले जनतालाई प्रतिबद्धता गर्ने र कहिल्यै पूरा नगर्ने नेता अहिले फेरि जनतालाई भ्रमित बनाउँदै भोट मागिरहेका छन्। 

    जनताले पनि उनलाई यसपटक भोट दिन नसकिने भन्दै फर्काउन थालेपछि राई झस्किएका छन्।  जनताले राईलाई प्रश्‍न गरेका छन्- सांसद् र मन्त्री हुँदा पनि किन आएन कान्जी हाउसका लागि एक करोड?, बाँके -२ को विकासमा योगदान के हो? पटक-पटक जनतालाई भ्रमित बनाउनेलाई किन भोट दिने?लगायतका प्रश्‍नहरु गर्ने गरेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक २० २०७९१०:२६:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend