काठमाडौं- २०७४ सालको निर्वाचनमा जनताले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनलाई अत्यधिक बहुमत दिएर सत्ताको नेतृत्वमा पुर्यायो। जनताले देशमा कुनै एक पार्टीलाई बहुमत दिलाएपछि मुलुकमा स्थिरता र समृद्धि आउँछ भन्ने अपेक्षा थियो।
तर, नेकपा एमालेले पाँच वर्ष सरकार चलाउनुपर्नेमा तीन वर्ष पनि राम्रोसँग चलाउन सकेन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुखले स्थिरता र समृद्धिको नारा जपे पनि व्यवहारमा भने अस्थिरता निम्त्याए भने मुलुकलाई अध्याँरो सुरुङमा धकेल्ने काम गरे।
सर्वोच्च अदालतले असंवैधानिक भएको ठहर गरेपछि पनि सर्वोच्चको फैसला लत्याउँदै ओलीले दोस्रोपटक संसद् विघटन गरे। जसमा अध्यक्ष ओलीलाई दरो साथ दिनेमा थिए- नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल।
काठमाडौं-५ मा चुनाव लडिरहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले मुख छोपेर निर्वाचन क्षेत्रमा जानुपर्ने स्थिति बनेको छ। कोरोना महामारीमा पनि जनता प्राणवायु खोजी गरिरहेका समयमा पनि भ्रष्टाचारमा रमाउने, मुलुकमा भएको अस्थिरतालाई हाँसीहाँसी साथ दिने ईश्वर पोखरेललाई भोट दिन हुँदैन भन्दै अभियान सञ्चालन भएको छ।
यद्पि पोखरेलले आर्थिक विकास र समृद्विका लागि देशमा राजनीतिक स्थायीत्व आवश्यक रहेको भन्दै अभिव्यक्ति दिन भने छोडेका छैनन्। यसरी जनतासामु झुटो बोल्ने नेता पोखरेललाई भोट नदिन 'नो भोट' अभियान चलिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।