सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

कांग्रेसले प्रचारका लागि बुक गरेको हेलिकोप्टरको एउटा सिटमा को ?

कांग्रेसले प्रचारका लागि बुक गरेको हेलिकोप्टरको एउटा सिटमा को ?

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १७ २०७९

  • 4.7K
    SHARES

  • कांग्रेसले प्रचारका लागि बुक गरेको हेलिकोप्टरको एउटा सिटमा को ?
    फाइल तस्बिर

    काठमाडौं - निर्वाचन आयोगले दलहरूलाई खुला प्रचार गर्न १७ दिनको समय छुट्याएपछि शीर्ष नेताहरू अहिले चुनावी सभाको कार्यतालिका बनाउन जुटेका छन् ।

    कात्तिक २० गतेदेखि मंसिर १ गतेसम्म नेताहरू देश दौडाहामा जाने देखिएको छ । विपक्षी एमालेले भने बिहीबारदेखि नै प्रचार अभियान थालेको छ ।

    एमाले अध्यक्ष केपी ओलीले दार्चुलाबाट प्रचार अभियान सुरु गर्ने भएका छन् । सधैं पूर्वबाट प्रचार अभियान सुरु गरेका ओलीले यसपटक सुदूरपश्चिमबाट अभियान थाल्ने भएका हुन् ।

    त्यसका लागि एमालेले हेलिकोप्टर बुक गरिसकेको छ । एमालेले आफ्नै खर्चमा हेलिकोप्टर प्रयोग गर्ने अनुमति निर्वाचन आयोगसँग मागेको थियो । जसमा आयोगले स्वीकृतिसमेत दिइसकेको छ ।

    एमाले अध्यक्ष ओलीलाई सिम्रिक र यति एयरलाइन्सले हेलिकोप्टर सित्तमै उपलब्ध गराउने बुझिएको छ । सिम्रिक हेलिकोप्टर रामेश्वर थापाको र यती एयरलाइन्स आङछिरिङ शेर्पाको हो ।

    यती समूहसँग ओलीको घनिष्ट सम्बन्ध छ । एमालेले ओलीसँगै हेलिकोप्टरमा को को जान्छन् भन्ने खुलाएको छैन । यसैगरी, नेपाली कांग्रेसले पनि चुनावी प्रचारका लागि हेलिकोप्टर प्रयोग गर्न निर्वाचन आयोगसँग अनुमतिका लागि निवेदन दिएको छ ।

    आयोगले पार्टीकै खर्चमा हेलिकोप्टर प्रयोग गर्न अनुमति पनि दिएको छ । प्रधानमन्त्री देउवासँग अर्को एकजना वक्ता पनि रहनेछन् । तर, कांग्रेसले ती नेता को हो भन्ने अहिले नै खुलाइसकेको छैन ।

    स्रोतका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पालैपालो विभिन्न जिल्लामा चुनावी सभामा लैजाने कांग्रेसको तयारी छ । थापा र शर्मा अहिले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ र झापा १ मा निर्वाचन प्रचार प्रसार र मतदातासँग भोट माग्न व्यस्त छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend