सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

आयोगको अर्को जात्रा, आचारसिंहता सुरु हुनुभन्दा महिना दिन पहिलाको कार्यक्रमलाई लिएर कांग्रेस उम्मेदवारसँग सोध्यो स्पष्टिकरण

आयोगको अर्को जात्रा, आचारसिंहता सुरु हुनुभन्दा महिना दिन पहिलाको कार्यक्रमलाई लिएर कांग्रेस उम्मेदवारसँग सोध्यो स्पष्टिकरण

  • मिडिया डबली
  • बुधवार, कार्तिक १६ २०७९

  • 2.7K
    SHARES

  • आयोगको अर्को जात्रा, आचारसिंहता सुरु हुनुभन्दा महिना दिन पहिलाको कार्यक्रमलाई लिएर कांग्रेस उम्मेदवारसँग सोध्यो स्पष्टिकरण

    पर्वत- निर्वाचन आयोगले पर्वतमा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीसंग आचारसंहिता लागू हुनुभन्दा एकमहिना अगाडिकै कार्यक्रमबारे स्पष्टीकरण सोधेको पाइएको छ। मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू असोज १२ गतेबाट लागू भएपनि भदौ २४ को कार्यक्रमका विषयमा स्पष्टीकरण माग गरेको पाइएको हो। 

    जोशीले आर्थरडाँडाखर्कमा २०७९ भदौ २४ गते बीपी जयन्तीका दिन पञ्चकोशी माविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका थिए। सोही विषयमा आयोगले स्पष्टीकरण सोधेको हो।

    आचारसंहिता लागु हुनुअगाडिको कार्यक्रमको विषयमा आफूलाई आयोगले स्पष्टिकरण सोधेकोमा जोशीले आश्चर्य प्रकट गरेका छन्। आयोगमा गरिएको उजुरी उपर गहिरो अध्ययन नगरी स्पष्टिकरण सोधिएपछि आयोगप्रति प्रश्न उठेको छ। आयोगले जोशीलाई सोधेको स्पष्टीकरणमा कानून अधिकृत मोहनराज जोशीको हस्ताक्षर छ। 

    जोशीले जिल्ला निर्वाचन कार्यालयमा जवाफ पेस गरिसकेका छन्। नेता जोशीले आफ्नो पक्षमा देखिएको जनलहरलाई देखेर बदनाम गर्ने उदेश्यले आयोगमा उजुरी गरिएको आरोप लगाएका छन्। झुठो आरोप लगाएर चरित्र हत्या गरिएको हुनाले उजुरीकर्तालाई नै कारबाहीको मागसमेत उनले गरेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend