सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रचण्डले आगो झोसेको कांग्रेस चितवनमा कहिल्यै साम्य देखिएन, टुक्राटुक्रामा विभाजन

प्रचण्डले आगो झोसेको कांग्रेस चितवनमा कहिल्यै साम्य देखिएन, टुक्राटुक्रामा विभाजन

  • मिडिया डबली
  • बुधवार, कार्तिक १६ २०७९

  • 3.2K
    SHARES

  • प्रचण्डले आगो झोसेको कांग्रेस चितवनमा कहिल्यै साम्य देखिएन, टुक्राटुक्रामा विभाजन

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण कांग्रेस चितवन गम्भीर मोडमा आइपुगेको छ ।

    २०७४ को निर्वाचनमा छोरी रेनु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाउन कांग्रेससँग घाँटी जोडेका प्रचण्डले त्यसयता कांग्रेसको संगठन ध्वस्त बनाएका छन् ।

    उनकै कारण कांग्रेस चितवन टुक्राटुक्रामा विभाजित भएको छ । देश आमनिर्वाचनको पूर्वसन्ध्यामा छ । तर कांग्रेस चितवनमा भाँडभैलो मच्चिएको छ । यसपटकको स्थानीय निर्वाचनमा पनि प्रचण्डले कांग्रेसकै सहयोगमा छोरी रेनुलाई फेरि मेयर बनाए ।

    उनले चितवन ३ मा उठ्ने भनेपछि कांग्रेसले त्यो निर्वाचन छाडिदियो । तर, प्रचण्ड आफू गोरखा २ पुगे । त्यहाँ अर्कै उम्मेदवार उठाए । जसकारण कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालाले बागी दिए ।

    त्यहीँबाट जगन्नाथ पौडेल पनि बागी उम्मेदवार बनेका छन् । चितवनमा अहिले प्रचण्डलाई साथ दिने कांग्रेस, दिनेश कोइराला र जगन्नाथ पौडेललाई साथ दिने कांग्रेस, संस्थापनका उम्मेदवारलाई साथ दिने कांग्रेस, रवि लामिछानेलाई जिताउनुपर्छ भनेर लागेका कांग्रेस गरी आधा दर्जन गुट उपगुट देखिएको छ ।

    यही बीचमा मंगलबार कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाले चियापान कार्यक्रम गरेपछि अर्को रडाको मच्चिएको छ । जिल्ला सभापति राजेश्वर खनालले पूर्वसभापतिहरु कृष्णलाल सापकोटा र विकास कोइराला पूर्वसभापतिको रेकर्डमै नरहेको भन्दै उनीहरुबाहेकको सूचीसहितको बक्तव्य जारी गरेपछि गठबन्धनको मुख्य दल कांग्रेसभित्र कलह बढेको हो।

    सभापतिको वक्तव्यलगत्तै प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सचिव ध्रुवराज पोखरेलले कांग्रेसले कोइरालालाई २०७६ चैत ३ गते नै पूर्वसभापति स्वीकारिसकेको दाबी गरेका छन्। निर्वाचनको बेलामा सभापति खनालले जारी गरेको विज्ञप्तिले आफूलाई गम्भीर बनाएको उनले बताएका छन्।

    ‘निर्वाचनमा होमिएको समयमा नेतृत्वले सुझबुझ ढंगले सबै पक्षको सम्मान गर्दै एकताबद्धरुपमा नेपाली कांग्रेस र कांग्रेस समर्थित उम्मेदवारलाई विजयी बनाउन लाग्नुपर्ने समयको मागलाई बुझ्न नसक्नु दुःखद घटना हो,’ पोख्रेलको विज्ञप्तिमा भनिएको छ, ‘आग्रहपूर्ण व्यवहारले पार्टीका साथीहरुमा नैराश्यता छाएको छ।’ पोख्रेलले २०७६ चैत ३ गतेको बैठकले विकास कोइराललाई पूर्वसभापतिको संबोधन गरी कारबाही फुकुवा र क्रियाशिल सदस्य नबीकरणका लागि केन्द्रीय समितिमा पत्राचार भएको दाबी गरेका छन्।

    २०७० सालको संबिधानसभाको निर्वाचनमा तत्कालीन चितवन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका पार्टीका केन्द्रीय सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएपछि तत्कालीन जिल्ला सभापति विकास कोइरालालाई कांग्रेसले कारबाही गरेको थियो। उनलाई साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरिएको थियो। पार्टीले कारबाही फुकुवा नगरेपनि चितवन कांग्रेसभित्र विकास कोइरालाको राम्रो प्रभाव छ।

    कारबाही फुकुवा गर्न माग गर्दै कांग्रेस कार्यकर्ताहरुले केन्द्रीय समितिलाई दबाव दिँदै आएका छन्। उनको प्रभावलाई ध्यानमा राखेर जिल्ला सभापतिले चियापान कार्यक्रमलाई रोक्ने प्रयास गरेको कांग्रेसका कार्यकर्ताहरु बताउँछन्।

    गत वैशाखको स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाको मेयर पदमा जगन्नाथ पौडेललाई प्रस्ताव गरेपछि पूर्वसभापति कृष्णलाल सापकोटा पनि कारबाहीमा परेका थिए।कांग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेपछि सापकोटाले पौडेललाई उम्मेदवारी बनाउन अगुवाइ गरेका थिए। सापकोटा मंसिर ४ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दिएका दिनेश कोइरालाको पक्षमा खुलेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend