आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

ईश्वर पोखरेललाई प्रश्‍न - नियन्त्रणमा लिएको भनिएको निर्मलाको हत्यारा किन सार्वजनिक नगरेको?

ईश्वर पोखरेललाई प्रश्‍न - नियन्त्रणमा लिएको भनिएको निर्मलाको हत्यारा किन सार्वजनिक नगरेको?

  • मिडिया डबली
  • बुधवार, कार्तिक १६ २०७९

  • 4.0K
    SHARES

  • ईश्वर पोखरेललाई प्रश्‍न - नियन्त्रणमा लिएको भनिएको निर्मलाको हत्यारा किन सार्वजनिक नगरेको?
    फाइल तस्वीर

    काठमाडौं- २०७५ सालमा कञ्‍चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। उक्त हत्यामा संलग्‍नलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वका सरकारले पक्राउ गर्न नसकेको भन्दै चर्को आलोचना भयो।

    ओलीका मन्त्रीहरु नै हत्यारा जोगाउन लागेको भन्दै सरकारको चर्को आलोचना भयो। विशेषगरी तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल हत्यारा लुकाउन लागेको आरोप लागेको थियो।

    त्यही समयमा १० औं मानव अधिकार राष्ट्रिय महाभेलाको समुद्घाटन समारोहलाई २०७५ मंसिर २२ मा सम्बोधन गर्दै तत्कालीन रक्षामन्त्री पोखरेलले भनेका थिए, ‘म यति भन्न चाहन्छु- त्यो अपराधी चाँडै सार्वजनिक हुन्छ। पत्ता लागिसकेको छ।

    नियन्त्रणमा आइसकेको छ।‘ उक्त घटना भएको चार वर्ष पूरा भइसकेको छ। तर, रक्षामन्त्री पोखरेलले नियन्त्रणमा लिएको भनिएको अपराधी सार्वजनिक गरिएको छैन।

    मुलुकको नेतृत्व गर्ने व्यक्तिले यसरी नियन्त्रणमा लिएको हत्यारालाई सार्वजनिक गर्न नसक्नुको कारण को भन्दै प्रश्‍नहरु उठ्न थालेका छन्। रक्षामन्त्री पोखरेल अहिले काठमाडौं-५ मा स्वच्छ छविका युवा उम्मेदवार प्रदीप पौडेलविरुद्ध चुनावी मैदानमा छन्।

    २०७४ को चुनावमा सोही क्षेत्रबाट चुनाव जितेर संसद्मा पुगी देशको उपप्रधानमन्त्री भइसक्दा पनि विभिन्‍न भ्रष्टाचारका मुद्दामा फस्‍ने, मुलुकलाई अन्याय हुने काममा अघि लाग्‍ने, विकासका कामहरु नगर्ने र आफैंले प्रतिबद्धता गरेका कुराहरु पूरा गर्न नसक्न‍े स्थितिमा पुगेका छन्।

    अहिले उनलाई जनतासामु जान पनि समस्या भएको छ। उनलाई जनताले प्रश्‍न गर्न थालेका छन्- जनप्रतिनिधि भनेको पाँच-पाँच वर्षपछि मात्रै जनताको घरदैलोमा जाने हो?,

    जनप्रतिनिधिले जनतलाई बेवकुफमात्रै बनाउने हो? यस्ता प्रश्‍नहरुको जवाफ एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलसँग छैन। जसका कारण काठमाडौं-५ मा उनी निकै कमजोर उम्मेदवारका रुपमा देखिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend