सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

श्याम घिमिरेले दिए एमालेलाई दनक, मतदाताले एमाले उम्मेदवारलाई कडा प्रश्न सोध्ने !

श्याम घिमिरेले दिए एमालेलाई दनक, मतदाताले एमाले उम्मेदवारलाई कडा प्रश्न सोध्ने !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १५ २०७९

  • 6.5K
    SHARES

  • श्याम घिमिरेले दिए एमालेलाई दनक, मतदाताले एमाले उम्मेदवारलाई कडा प्रश्न सोध्ने !

    सिन्धुली– नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्याम कुमार घिमिरेले चुनाव जितेपछि आफू ढुक्कले काठमाडौं नबस्ने र जनताको बीचमा आइरहने वाचा गरेका छन्। सिन्धुली क्षेत्र नम्बर १ बाट उम्मेदवार रहेका घिमिरेले आफू सांसदको रुपमा निर्वाचित भए सधैँ जनताको बीचमा आइरहने बताएका हुन्।

    सिन्धुलीको गोलोन्जोर गाउँपालिका–१ डुँडभज्याङमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले मध्यपहाडी क्षेत्रको विकासको लागि दुई रणनीतिक सडक आफ्नो प्राथमिकतामा रहेको समेत बताए। ‘म सांसदको रुपमा निर्वाचित भएर काठमाडौं गएर ढुक्कले बस्ने छैन, संधै तपाइँहरुको बीचको हुनेछ,’ उनले भने, ‘मध्यपहाडी राजमार्गमा जोड्ने २ वटा रणनीतिक सडकको रुपमा शुलीभज्याङ–धापचौकी–भिमस्थान–भिमान जोड्ने पक्की सडक र नवलपुर–चकमके–डकाहा हुँदै गोदार निस्कने पक्की सडक ५ वर्षमा बनाउने कसम खाएको छु, यो मेरो सडक बाटोको रुपमा पहिलो प्राथमिकतामा पर्नेछ।’

    त्यस्तै घिमिरेले शिक्षाको विकास नभई मुलुक धनी नहुने बताउँदै सरकारी विद्यालयको स्तरोन्नती गर्न आफूले भूमिका खेल्ने दाबी गरे। सरकारी शिक्षाको स्तरोन्नति गर्नमा मुख्य भूमिका खेल्ने बताएका उनले सीपमूलक शिक्षाको विस्तार गरेर आजको बजारमा बिक्ने शैक्षिक जनशक्ति उत्पादन गर्ने बताएका हुन्। 

    त्यस्तै, घिमिरेले ओली सरकारले गरेको संसद विघटनबारे समेत प्रश्न गरेका छन्। मतदातालाई एमालेका उम्मेदवारलाई यसबारे प्रश्न गर्न आग्रह गर्दै घिमिरेले भने, ‘ओलीको मतियारलाई मत माग्दा सोध्नुस हामीले विश्वास गरेर दिएको त्यो बहुमतको दुरुपयोग गरेर संसदको विघटन किन गर्‍यौरु ओलीको कारण संसारमा नभएको प्रधानन्यायाधीश विरुद्ध अनौठा आन्दोलन भयो। आज देशमा संविधान, लोकतन्त्र, न्यायलय र संसदको रक्षा गर्न यो गठबन्धनको आवश्यकता पर्‍यो।’

    अग्रगमनको पक्षपातीहरु र यो संविधान र त्यसभित्र समेटिएका उपलब्धि ल्याउन भूमिका खेल्ने प्रमुख शक्तिहरु एक ठाउँमा उभिएर प्रतिगमनलाई परास्त गर्ने घिमिरेको जिकिर छ। त्यसैले तिनै तहमा गठबन्धनको सरकार हुने भएकोले विधुत विस्तार, खानेपानी, गाउँ जोड्ने सडक, गुणस्तरीय शिक्षा, स्वास्थ चौकी निर्माण, रोजगारीको सिर्जना, उत्पादन कृषि सामग्रीको लागि कृषकको बजारको व्यवस्था, कृषि सडकहरूको विकास गर्न सहज हुने उनले बताए। 

    कार्यक्रममा प्रदेशसभाका उम्मेदवारसँगै जिल्लातहका अन्य नेतहरु पनि उपस्थित थिए। नेपाली कांग्रेसका नेता मोहन प्रसाद बरालले घिमिरेको कुरामा समर्थन गर्दै अहिलेको एकता व्यवस्था जोगाउने एकता रहेको बताएका छन्। ‘हामीले आर्जेको व्यवस्था भएकाले हामीले माया गरेका हौं, ओलीले घाँटी थिच्न लाग्दा हामीले जोगाएका हौं। गठबन्धनको उम्मेदवार जिताउनु नै हाम्रो धर्म हो । सबै दत्तचित्त भएर लाग्न अनुरोध छ,’ बरालले कार्यक्रममा भने।

    त्यस्तै प्रदेश सभा ‘ख’ सदस्य उम्मेदवार रामकुमार पहाडीले आफूले नेतृत्व गरेको प्रदेशको समृद्धिको जिम्मा लिने बताएका छन्। उक्त कार्यक्रममा बोल्दै उनले सो क्षेत्रको भू–बनोट विकट भएपनि त्यसमा अध्ययन गरेर विकासको खाका कोर्ने वाचा गरेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend