सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेस उम्मेदवार बजगाईँले गरे यस्तो परोपकारी काम, गोरखामा खुसियाली 

कांग्रेस उम्मेदवार बजगाईँले गरे यस्तो परोपकारी काम, गोरखामा खुसियाली 

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १५ २०७९

  • 2.5K
    SHARES

  • कांग्रेस उम्मेदवार बजगाईँले गरे यस्तो परोपकारी काम, गोरखामा खुसियाली 

    काठमाडौं– गोरखाको धार्चे गाउँपालिका ३ उहियाका एक बिरामीको हेलिकप्टरबाट उद्धार गरिएको छ । नाक र मुखबाट रगत बगेर बिरामी भएका ६३ वर्षिय पूर्णबहादुर घलेको अन्नपूर्ण हेलिकप्टर सर्भिस मार्फत मंगलवार उद्धार गरिएको उनका आफन्त श्रीलाल गुरुङले बताए । 

    ‘बिहानैदेखि हेलिकप्टर खोज्यौँ, हामीले मगाउन सकेनौँ’ उनले भने ‘गोरखा २ बाट प्रतिनिधि सभा उम्मेदवार राजेन्द्र बजगाईलाई फोन ग¥यौँ, उहाँले हेलिकप्टर कम्पनी सँग समन्वय गरिदिनुभयो, अनि हेलिकप्टर आयो ।’ हेलिकप्टर खोज्न नसकेपछि उहियाबाट पाँच घण्टा पैदल बिरामीलाई बोकेर खोर्लाबेसी ल्याइएको थियो । खोर्लाबेसी सम्म ल्याउँदा रगत बग्ने क्रम नरोकिएको र झनै बिरामी सिकिस्त हुन लागेपछि हेलिकप्टरका लागि हारगुहार गरिएको उनले बताए । 

    उत्तरी गोरखाको धार्चे र चुमनुब्रीका सबै गाउँ सडक सञ्जालले जोडिएको छैन । दुर्गम भेगमा सुत्केरी, गर्भवती, गम्भिर घाईतेको उद्धारमा पर्यटन ब्यवशायी एवं समाजसेवी राजेन्द्र बजगाईले हेलिकप्टर छिटो खोजिदिने र सहज उद्धारमा सहयोग गर्दै  आएको स्थानीय बताउँछन् । ‘यस अघि पनि यहाँ हेलिकप्टर चाँहिदा हामीले मगाउन नसक्दा उहाँलाई फोन गर्ने गरेका थियौँ, उहाँको समन्वयमा उद्धार, उपचारमा सहज भएको छ’ श्रीलाल गुरुङले भने ।  

    बजगाईले भने आफु चुनावी अभियानका क्रममा घरदैलोमा मतदाता भेट्ने क्रममा रहेको बताउँदै भने ‘त्यहाँका स्थानीयले सहयोग अपिल गरेकाले सामाजिक भावनाले पहिलेदेखि गरिआएको कामलाई निरन्तरता दिएको हुँ, उम्मेदवारको हिसाबले केही गरेको छैन, त्यो एउटा जिवन बचाउने मानविय काम मात्र हो ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend