आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

ईश्वर पोखरेलका काण्ड : पानी ट्यांकीमा पैसा, सम्धीको नियुक्ति, महामारीमा पनि भ्रष्टाचार

ईश्वर पोखरेलका काण्ड : पानी ट्यांकीमा पैसा, सम्धीको नियुक्ति, महामारीमा पनि भ्रष्टाचार

  • मिडिया डबली
  • आइतवार, कार्तिक १३ २०७९

  • 11.9K
    SHARES

  • ईश्वर पोखरेलका काण्ड : पानी ट्यांकीमा पैसा, सम्धीको नियुक्ति, महामारीमा पनि भ्रष्टाचार

    काठमाडौं- मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेल काठमाडौं-५ मा चुनाव लड्दै छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा स्वच्छ छवि भएका नेता प्रदीप पौडेलविरुद्ध चुनावी मैदानमा होमिएका पोखरेल महामारीको समयमा पनि भ्रष्टाचार काण्डमा लागेको भन्दै जनताले नै आक्रोश व्यक्त गरिरहेका छन्। 

    एमालेमा ओलीको पिछलग्‍गु बनेको र आफ्नो व्यक्तिगत छविलाई उठाउन नसकेको र ओलीले गरेका अन्यायलाई पनि समर्थन गरेको आरोप उनीमाथि छ। यससँगै विगतमा पनि लामो समयदेखि सोही क्षेत्रबाट विजय भए पनि स्थानीय जनताका लागि कुनै उल्लेख्य काम गर्न नसकेको भन्दै आलोचनासमेत भइरहेको छ। 

    २०६१ साल माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शाही कूपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालगायत उनका क्याबिनेट सदस्यलाई जेल हालेपछि तत्कालीन सत्ताले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति छानबिन गरिएको थियो। 

    सम्पत्ति छानबिनका क्रममा तत्कालीन उद्योग वाणिज्यमन्त्री बनेका ईश्वर पोखरेलको घरको पानी ट्यांकीमा पैसा भेटिएको थियो। करिब ३० करोडभन्दा बढी पैसा भेटिएको तत्कालीन पत्रकार निमकान्त पाण्डेले आफ्नो पत्रिकामा लेखेका थिए। उक्त पैसा उनले कुनै वैध कामबाट भने कमाएका थिएनन्। 

    अवैध र घुसखोरीबाट कमाएको पैसा त्यसरी पानी ट्यांकीमा राखिएको पाइएको थियो। यतिमात्र नभई उनले केपी शर्मा ओलीको सरकारमा रक्षामन्त्री हुँदा आफ्ना सम्धीलाई नियुक्ति दिँदा खेलेको भूमिका पनि विवादित बनेको थियो। 

    उपप्रधानमन्त्रीसमेत रहेका पोखरेले राष्ट्रिय वाणिज्य बैंक संचालक समिति अध्यक्षमा आफ्नो सम्धी प्राडा उपेन्द्र कोइरालालाई बैंक सञ्‍चालक समिति अध्यक्षमा नियुक्त गरेका थिए। उनले आफ्नो परिवारको कुनै सदस्य वा नजिकको नाता सम्बन्धमा रहेका व्यक्तिहरुले पद वा आफूसितको सम्बन्धको दुरुपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेकोमा कुरालाई खण्डनसमेत गर्न सकेनन्। 

    यतिमात्र नभई उनले कोरोना महामारीले जनता जीवन रक्षाको भिख सरकारसँग मागिरहेको समयमा तत्कालीन रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेललगायतहरु भने धन आर्जनमा जुटेका थिए। उनीहरुको संरक्षण केपी शर्मा ओलीले गरेका थिए। 

    ईश्वर पोखरेलले सेनालाई नै दबाबमा राखेर आफ्ना छोरामार्फत महामारीको स्वास्थ्य सामग्री आयातमा भ्रष्टाचार गरेको भन्दै चर्को आलोचना भएपछि केपी शर्मा ओलीले उनलाई पदबाट नै हटाएका थिए। यसरी पटक-पटक भ्रष्टाचार काण्डमा मुछिने, सत्ताको दुरुपयोग गर्ने, जनताको पक्षका काम गर्न गम्भीर नहुने व्यक्तिलाई काठमाडौं-५ का जनताले यसपटक पराजित गर्ने निश्‍चितजस्तै बनेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७०१:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend