काठमाडौं । सत्तारुढ कांग्रेसले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको संकल्पपत्र नाम दिइएको घोषणापत्रमा ५ वर्षभित्र सबै नागरिकको स्वास्थ्य बिमा र बिमामार्फत गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने बताइएको छ।
३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार व्यवस्था गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ। ‘गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँचः सबैलाई स्वास्थ्य बिमा, सबल स्वास्थ्य प्रणाली’ उपशीर्षकमा कांग्रेसले भनेको छ, ‘३ वर्षमुनिका बालबालिका र ७३ वर्षमाथिका जेष्ठ नागरिकलाई निःशुल्क उपचार व्यवस्था गरिनेछ।’ बिमा रकमको दायरा बढाई १० लाख पु¥याइने, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अतिविपन्न, अतिअशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क बिमा गरिने घोषणापत्रमा भनिएको छ।
एकीकृत स्वास्थ्य पूर्वाधार मापदण्डअनुरूप पाँच वर्षभित्र स्वास्थ्य संस्था नभएका २ हजार ६०० वडामा आधारभूत स्वास्थ्य केन्द्र, सबै गाउँ–नगरपालिकामा विशेषज्ञ चिकित्सकसहितको प्राथमिक अस्पताल, सबै उपमहानगर र महानगरमा विशेषज्ञ सेवासहितको अस्पताल सञ्चालन गरिने कांग्रेसको घोषणापत्रमा उल्लेख छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।