सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दै प्रचण्ड, दिए यस्तो अभिव्यक्ति

प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दै प्रचण्ड, दिए यस्तो अभिव्यक्ति

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ११ २०७९

  • 3.4K
    SHARES

  • प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दै प्रचण्ड, दिए यस्तो अभिव्यक्ति

    गोरखा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुनस् प्रधानमन्त्री बन्ने चाहना दोहोर्‍याएका छन्। गोरखा आरुघाटमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्रीका रूपमा जनताले देख्न चाहेको जिकिर गरेका हुन्। 

    ‘यसअघि दुई–दुई पटक प्रधानमन्त्री भएँ। अहिले पनि देशभर घुम्दा जनताले फेरि मलाई हेर्न खोज्या जस्तो, मलाई देख्न खोज्या जस्तो, मलाई छुन खोज्या, मलाई सुन्न खोज्या जस्तो देख्छु,’ उनको जिकिर थियो। यसअघि पनि उनले पटकपटक आफू प्रधानमन्त्री बन्ने चाहना व्यक्त गर्दै आएका छन्।  

    गोरखाका दुवै क्षेत्र आफ्ना लागि उतिकै महत्वपूर्ण भएको दाबी गरेका थिए। दुवै क्षेत्रको विकासमा आफ्नो पार्टीको भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। ‘घुम्दै फिर्दै फेरि म यही गोर्खा आइपुगेँ। गोरखाका जनतालाई सेवाको अवसर मलाई प्राप्त भएको ठानेको छु,’ उनले भने। 

    उम्मेदवारको मनोनयन गर्ने केही समयअघिसम्म आफू चितवन-३ बाट नै प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बन्ने दाबी गर्दै आएका प्रचण्डले अन्तिम समयमा भने गोरखा-२ बाट उम्मेदवारी दर्ता गराएका छन्। उनलाई गठबन्धनका ५ दलको समर्थन छ। चितवनमा आफ्नो पक्षमा परिणाम हासिल गर्न नसक्ने भयले प्रचण्ड गोरखाबाट उठेको भन्दै उनको आलोचना पनि भइरहेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend