काठमाडौं– मंसीर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र एमाले नेता राजन भट्टराई प्रतिस्पर्धामा छन्। दुई नेता काठमाडौं–४ मा प्रतिस्पर्धा गर्दैछन्।
उनीहरुबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। तर, यसअघिका दुई निर्वाचनमा नतिजा थापाको पक्षमा थियो। यसपटक थापा जितको ह्याट्रिक गर्ने दाउमा छन्। भट्टराई भने पहिलो जित निकाल्ने प्रयत्नमा हुनेछन्। तर, यसपटक पनि थापाको विजय यात्रा रोकिने सम्भावना छैन।
यसै मेसोमा पत्रकार ऋषी धमालाको कार्यक्रममा भट्टराई थापासँग बहस गर्न डराएका छन्। धमलाले भट्टराईलाई भनेका छन्, ‘गगन थापा र तपाईलाईसँगै राखेर बहस गर्दैछु। आगामी दिनमा चुनावी बहस।’
तर, भट्टराई बहसका लागि तयार देखिँदैनन्। उनले भनेका छन्, ‘अब त्यो पछिको कुरा हो। अहिले त्यसमा नजानुस्।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।