काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सात वटै प्रदेश र संघमा गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । गठबन्धनमा आवद्ध दलहरुले सँगै उभिएर मत मागपछि मतादेशलाई धोका दिन पाइन्न भन्नेमा आफूहरु प्रष्ट रहेको उनले बताए ।
ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले बुधबार काठमाडौं क्षेत्र नम्बर ४ मा गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘सँगै उभिएर ५ वर्षका लागि मत मागेपछि मतको आदेशलाई धोका दिन पाइँदैन ।’
आग्रह पूर्वाग्रह, सनक वा महत्वकाक्षा कारण कसैलाई पनि दाहिने देब्रे फर्किने छुट नभएको उनले बताए । ‘गठबन्धन त जित्यो, जित्यो अब । ७ वटै प्रदेशमा पनि हाम्रो सरकार बन्ने हो, संघमा पनि बन्ने हो,’ महामन्त्री थापाले भने, ‘म निर्वाचन जित्न गाह्रो देखिरहेको छैन, तर निर्वाचन पछिको दिनका निम्ति संकल्प गरेका छौं, त्यो गाह्रो देखिरहेका छन् ।’
उनले अगाडि भने, ‘काम गर्न सकेनौं, जनतालाई महसुस गर्न सकेनौं भने हामी सिंहदरबारमा हुन्छौं तर जनता सडकमा निस्किएर हाम्रैविरुद्ध संगठित भइरहेका हुन्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।