सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

गठबन्धन दललाई स्थिरता भत्काउने छुट छैन, हामी मिलेर जनताको काम गर्नेछौंः श्याम घिमिरे

गठबन्धन दललाई स्थिरता भत्काउने छुट छैन, हामी मिलेर जनताको काम गर्नेछौंः श्याम घिमिरे

  • मिडिया डबली
  • शनिवार, कार्तिक ५ २०७९

  • 5.4K
    SHARES

  • गठबन्धन दललाई स्थिरता भत्काउने छुट छैन, हामी मिलेर जनताको काम गर्नेछौंः श्याम घिमिरे

    काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नम्बर १ बाट गठबन्धनतर्फका उम्मेदवार श्याम कुमार घिमिरेले चुनाव जितेर गएपछि गठबन्धनभित्रका कुनै दललाई स्थिरता भत्काउने छुट नभएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले आउने पाँच वर्षसम्म यही गठबन्धन कायम रहने दाबी गरेका हुन्। 

    ‘म केन्द्रीय सदस्यको हैसियतले प्रतिबद्धता गर्छु, यो गठबन्धन आउने पाच वर्षसम्म भत्किने छैन,’ तत्कालीन नेकपाले गरेको संसद विघटनलाई स्मरण गर्दै घिमिरेले भने, ‘नेकपा एमालेले के भनेर भोट माग्ने? जनताले त्यत्रो मत दिएर पठाए तर दुइदुइपटक संसद भङ्ग गर्ने काम भयो। अब के भनेर एमालेले भोट माग्छ?’

    साथै केन्द्रमा प्रभाव, क्षेत्रमा विकासुको नारा लगाउदै चुनावी अभियानमा होमिएका घिमिरेले आफुले राष्ट्रिय राजनीतिमा खेल्ने भुमिकाबारे समेत स्पष्ट पारेका छन्। एउटा सांसद भएर नितिनिर्माण तहमा आफुले अब्बल भुमिका खेल्ने प्रतिज्ञा उनले गरे। 

    ‘लोकतन्त्रको मान्यता भनेको विधिको शासन हो। त्यो विधिको शासन निर्माण गर्ने काममा सबैभन्दा सक्रिय सांसद भएर भुमिका खेल्छु। त्यस्तै असमान बजेट वितरणको अन्त्य गर्ने काममा पनि सक्रिय भुमिका खेल्छु,’ उनले भने। 

    शिक्षा र स्वास्थ्य क्षेत्रमा रहेको असमानताको खाडल पुर्न आफुले भुमिका खेल्ने घिमिरेको जिकिर छ। शिक्षामा व्यापक असमानता रहेको बताउदै सार्वजनिक शिक्षामा सुधार गर्ने र विद्यालयदेखी विश्वविद्यालय शिक्षामा आमूल परिवर्तन ल्याउनेमा अग्रसर भएर काम गर्नेमा दाबी उनले गरे।

    ‘म एउटा अभियान सुरु गर्छु भनेको छु, सम्पूर्ण सरकारी अस्पतालको गुणस्तर सुधार गर्दै निःशुल्क उपचारको थालनी गर्ने अभियान थाल्छु,’ उनले थप भने, ‘योसँगै सिन्धुलीमा पुर्वाधारको क्षत्रमा काम गर्न धेरै बाँकी छ। मेरो घर तिनपाटन जान बाटो नै खराब छ। त्यसैले सिन्धुली–तिनपाटन हुँदै कटारी निस्कने बाटो पिच गर्ने, गोदार(चकमके हुँदै नवलपुर जाने बाटो व्यवस्थित बनाउने र खनियाखर्क हुँदै गहुबारी निस्कने बाटो पिच गरेर सहज बनाउन भुमिका खेल्छु। यी सबै रणनीतिक बाटो बाटोलाई पिच गराएर राम्रो बनाउने योजना मेरो प्राथमिकतामा छ।’

    केन्द्रीय राजनीतिमा भूमिका खेल्नेदेखि स्थानीयस्तरको विकासको योजनाबारे चर्चा गरेका घिमिरेले सबै तहमा गठबन्धनको सरकार हुने भएकोले पनि काम गर्न सहज हुने बताए। ‘सबैतिर हाम्रो सरकार हुन्छ। पालिकाबाट हुने काम पालिकाबाट हुन्छ, प्रदेशले गर्नसक्ने प्रदेशबाट गराउछु। तिनले नसकेको काम प्रतिनिधिसभाबाट गर्नेछु। हामी मिलेर काम गर्नेछौं,’ उनले दाबी गरे।

    साथै अन्त्यमा कार्यकर्तालाई अपिल गर्दै घिमिरेले थप भने, ‘तपाईंहरुले ढुक्कसाथ जनतालाई गएर भन्नुस, हामी माननीय भएर भित्र त छिरौला। तर हामी सबैलाई माननीय भएको अनुभूति हुनेगरी काम गर्छौं। हामी एकसाथ भएर तपाईंहरुको सेवा गर्नेछौं। विकासको बाटोमा मुलुकलाई जिल्लालाई डोहोर्‍याउनेछौं।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend