सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

कांग्रेसका यी आशा लाग्दा युवा नेतालाई ओलीले गरेका रहेछन् यस्तो अफर, भयो खुलासा 

कांग्रेसका यी आशा लाग्दा युवा नेतालाई ओलीले गरेका रहेछन् यस्तो अफर, भयो खुलासा 

  • मिडिया डबली
  • शनिवार, कार्तिक ५ २०७९

  • 4.5K
    SHARES

  • कांग्रेसका यी आशा लाग्दा युवा नेतालाई ओलीले गरेका रहेछन् यस्तो अफर, भयो खुलासा 

    काठमाडौं– अर्थविद् एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले आफूलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले काठमाडौं–७ बाट चुनाव लड्न प्रस्ताव गरेको खुलासा गरेका छन्।

    कांग्रेसले शनिबार काठमाडौंमा आयोजना गरेको चुनावी कार्यक्रममा उनले कांग्रेसबाट टिकट नपाएपछि आफूलाई अध्यक्ष ओलीले काठमाडौं–७ बाट उम्मेदवारी दिए एमालेले सहयोग गर्ने प्रस्ताव गरेको बताएका हुन्।

    ‘कांग्रेसबाट उम्मेदवार हुन खोजेको थिएँ । टिकट पाइनँ। एमाले अध्यक्ष ओलीले फोन गरेर काठमाडौं–७ बाट उठ्न आग्रह गर्नुभएको थियो। त्यहाँ हाम्रो उम्मेदवार छैन, एमाले सहयोग गर्छ भन्नुभएको थियो’, वाग्लेले भने।

    आफूले कांग्रेस नछाड्ने वाग्लेले बताए। ‘मलाई पार्टीभित्रै केही गर्न सकिन्छ भन्ने छ। पार्टीभित्रै लडेर अघि बढ्न सकिन्छ भन्ने लाग्छ। गगन थापा र विश्वप्रकाश शर्मालाई कसैले दिएर महामन्त्री हुनुभएको होइन। पार्टीभित्रै लडेर महामन्त्री हुनुभयो’, उनले भने । वाग्लेलाई कांग्रेसबाट चितवन–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनाइने चर्चा चले पनि अन्तिममा टिकट दिइएन।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend