सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

दलहरूको सत्तोश्राप गर्ने भीम उपाध्यायकी श्रीमती सुमन सायमीको पार्टीबाट समानुपातिक उम्मेदवार

दलहरूको सत्तोश्राप गर्ने भीम उपाध्यायकी श्रीमती सुमन सायमीको पार्टीबाट समानुपातिक उम्मेदवार

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक ४ २०७९

  • 3.2K
    SHARES

  • दलहरूको सत्तोश्राप गर्ने भीम उपाध्यायकी श्रीमती सुमन सायमीको पार्टीबाट समानुपातिक उम्मेदवार

    काठमाडौं– पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा प्रमुख दल र तिनका नेताहरूप्रति विष वमन गर्दै लेख्न माहिर छन् । सामाजिक सञ्जाल फेसबुकमा झन्डै दुई फलोअर्स भएका उपाध्याय आगामी निर्वाचनमा ठूला दल र शीर्ष नेता हराउ अभियानमा लागेका छन् । उनी सुरुदेखि नै स्वतन्त्र उम्मेदवारको पक्षमा प्रचार प्रसार गरिरहेका छन् ।

    प्रमुख दल र तिनका नेताहरूको सत्तोश्राप गर्ने उपाध्यायले श्रीमतीलाई सांसद बनाउनकै लागि स्वतन्त्र उम्मेदवारको पक्षपोषण गर्ने गरेको तथ्य खुलेको छ । 

    उनकी श्रीमती ललिता उपाध्याय सुमन सायमी नेतृत्वको ‘हाम्रो नेपाली पार्टी’ बाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक उम्मेदवारको बन्दसूचीमा रहेकी छन् । उनलाई खसआर्यतर्फ ललितपुरबाट बन्दसूचीको दोस्रो नम्बरमा सिफारिस गरिएको छ । उनको मतदाता नम्बर ५७८५३८३ रहेको छ । 

    सुरु सुरुमा सुमन सायमी स्वतन्त्र उम्मेदवार भन्दै प्रचार प्रसारमा लागेका थिए । तर, उम्मेदवारी मनोनयन गर्ने अन्तिम दिन उनले काठमाडौं ८ बाट प्रतिनिधिसभा सदस्यमा हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दर्ता गराएका थिए । 

    पूर्वप्रशासक उपाध्यायले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सुमन सायमी र बालेन्द्र साह बालेनको निकै प्रचार प्रसार गरेका थिए । सायमी काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार थिए । पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको कार्यशैलीको उपाध्यायले विरोध गर्दै आएका छन् ।

    No description available.

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक ४ २०७९०९:००:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend