काठमाडौं- अरुले निर्वाचन आचार संहिता उल्लंघन गर्यो भन्दै चुनावी सभामा कराउने एमाले अध्यक्ष केपी ओलीले पनि आचारसंहितालाई धोती लगाइदिएका छन् । उनले मत प्रभावित पार्न उनले वृद्धभत्ता पाँच हजार पुर्याउने आश्वासन दिएका छन् ।
झापाको दमकमा बिहीबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले एमाले नेतृत्वको सरकार बनेपछि वृद्धाभत्ता बढाएर पाँच हजार पुर्याउने आश्वासन दिएका हुन् ।
‘हामीले एक सयबाट सुरु गरेको वृद्धभत्ता चार हजार पुगेको छ । चुनावपछि एमाले सरकार बन्छ र त्यसले पाँच हजार पुर्याउँछ,’ वृद्धवृद्धाको भोट आफूतिर तान्ने ढंगले उनले भने, ‘हामीले सबै क्षेत्रमा असाधारण काम गरेका छौँ, कर्मचारीको तनखा २५ प्रतिशत बढेको इतिहास सायद थिएन, तर हामीले बढायौँ ।’ ओलीले दमकको एक स्कुलमा चुनावी सभा गरेका थिए । एमालेको सभाले गर्दा विद्यालयको पठनपाठन रोकिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।