सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

तरुण दल अध्यक्षले दिए यस्तो अभिव्यक्ति, गठबन्धनमा खुसियाली 

तरुण दल अध्यक्षले दिए यस्तो अभिव्यक्ति, गठबन्धनमा खुसियाली 

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ३ २०७९

  • 2.0K
    SHARES

  • तरुण दल अध्यक्षले दिए यस्तो अभिव्यक्ति, गठबन्धनमा खुसियाली 

    नवलपरासी– नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले गठबन्धन उम्मेदवारलाई जिताउन संगठन परिचालित भएको बताएका छन् । नेपाल तरुण दल जिल्ला कार्यसमिति नवलपरासीले राखिएको चुनाव लक्षित तरुणसँग अन्तरक्रिया भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। कार्यक्रमका सहभागिहरुले गुरुङसँग धेरै मत हुँदा हुँदै पनि काङ्ग्रेसले किन सिट पाएन? चुनावमा तरुण दलको भूमिका के हो? स्थानीय नेताको भूमिका कस्तो हुनुपर्छ? लगायतको प्रश्न गरेका थिए ।

    ती प्रश्नको उत्तर दिँदै अध्यक्ष गुरुङले अहिलेको गठबन्धनको आवश्यकता र अपरिहार्यताका बारेमा प्रस्ट पारेका थिए । गठबन्धन गर्नुको कारण ओली प्रवृत्तिको अन्त्य गर्नु भएको उनले बताए ।

    ‘मलाई विश्वास छ। यो जिल्लाको १ नम्बर क्षेत्रमा विनोद चौधरी तथा क्षेत्र नम्बर २ मा देवेन्द्रराज कँडेललाई जिताउन तरुण दल लाग्ने छ । जिल्लामा पार्टीको लुम्बिनी प्रदेश र जिल्ला कमिटी अझैँ जिम्मेवार बनेर लाग्नेमा म विश्वस्त छु,’ उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक ३ २०७९१०:००:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend