सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

चुनावको मुखमा कांग्रेस एकढिक्का, पहिले देखिएका विवाद भए मत्थर

चुनावको मुखमा कांग्रेस एकढिक्का, पहिले देखिएका विवाद भए मत्थर

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ३ २०७९

  • 3.3K
    SHARES

  • चुनावको मुखमा कांग्रेस एकढिक्का, पहिले देखिएका विवाद भए मत्थर
    फाइल तस्वीर

    काठमाडौं– अब निर्वाचन आउन एक महिना मात्र बाँकी छ । अबको एक महिना नेपालमा चुनावी माहोल उत्कर्षमा पुग्नेछ । अहिले सबै दल चुनावी प्रचार प्रसारमा होमिएका छन् । खासगरी कात्तिक १७ गतेदेखि देशमा चुनावी प्रचारप्रसार तीव्र हुने अनुमान गरिएको छ । किनभने त्यसबेला तिहार र छठ पर्व सकिनेछ । दलहरूले पनि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसक्नेछन् ।

    टिकट वितरणमा सम्मानजनक सिट माग्दै संस्थापन पक्षविरुद्ध धर्ना र भेला गरेको कांग्रेसको असन्तुष्ट समूहले निर्वाचन नजिकिँदै गर्दा विवाद मत्थर पारेको छ । आफ्नो समूहको नेतृत्वले आफ्नो सिट सुरक्षित गर्न असन्तुष्टि लुकाएको सोही समूहका कतिपय नेता–कार्यकर्ताको आरोप छ । प्रचार सुरु भएसँगै तत्कालका लागि विवाद थाती राखेर टिकट पाएका इतर समूहका नेता निर्वाचन तयारीमा जुटेका छन् । समानुपातिक र प्रत्यक्षतर्फका दुवै टिकटमा संस्थापन पक्षले एकलौटी गरेको आरोप लगाएको इतर समूहका नेताको बोली अचानक फेरिएको छ । 

    उम्मेदवारी मनोनयन दर्ता हुनुअघिसम्म नेपाली कांग्रेसमा धेरै विवाद देखिएको थियो । संस्थापन र इतर समूहका नेताका कारण निर्वाचनमा कांग्रेसलाई ठूलो असर पर्ने हो कि भन्ने अनुमान गरिएको थियो । तर, चितवन ३, सर्लाही ४ र पर्सा १ बाहेक कांग्रेसका त्यस्ता ठूला बागी भएनन् । इतर समूहका नेता डा।शेखर कोइराला अहिले गठबन्धनका उम्मेदवारलाई जिताउन कम्मर कसेर लागेका छन् । सुरुमा आफू पक्षका नेताहरूलाई उचित संख्यामा टिकट नदिएको कोइरालाको आरोप थियो । तर इतर समूहले प्रत्यक्षमा २९ र समानुपातिकमा ३२ वटा टिकट पाएको छ ।

    सुरुमा कांग्रेसको इतर समूहका नेता गठबन्धनकै विपक्षमा थिए । तर, डा. कोइराला २३ असोजमा उम्मेदवारी दर्तापछि खुलेर गठबन्धनको पक्षमा बोलेका थिए । उनले गठबन्धन गर्दा भनेजति सिट नपाउनु स्वाभाविक भएको बताएका थिए । ‘हामीले गठबन्धन किन गर्नुपर्‍यो भन्ने महत्वपूर्ण हो । ट्रयाकबाहिर गएको संविधानलाई ट्रयाकमा ल्याउनु थियो,’ कोइरालाले भनेका थिए, ‘गठबन्धन गर्दा कतिपय कुरा हामीले भनेजस्तो हुँदैन । टिकट वितरणमा पनि त्यो सम्भव नहुनु स्वाभाविक हो । त्यसलाई अन्यथा लिनुहुँदैन ।’ निर्वाचनका मुखमा आएको कोइरालाको अभिव्यक्तिमा आएको बदलावलाई कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ । 

    कांग्रेस महामन्त्री गगन थापाले पनि विवाद थाती रहेको सन्देश उम्मेदवारी दर्ता गर्दाकै दिन दिएका थिए । २३ असोजमा उम्मेदवारी दर्तापछि महामन्त्री थापाले असन्तुष्टि कायमै रहेको र निर्वाचनलगत्तै समीक्षा हुने बताएका थिए । ‘पार्टीभित्र अहिले मौका पाउनुनपर्ने एउटै मात्र पनि कारण नभएका नेता फेरि यसपटक निर्वाचनको मैदानबाट बाहिर हुनुभएको छ । उहाँहरूले टिकट पाउनुभएको छैन,’ थापाले भनेका थिए, ‘यसको जवाफ नेतृत्वले दिनुपर्छ । यसलाई अहिले मुल्तबीमा राख्नेछौँ । निर्वाचनपछि छलफल गर्नेछौँ ।’ त्यसयता महामन्त्री थापा चुनावी प्रचार प्रसारमा तीव्र ढंगले लागेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend