सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउछौँः श्याम घिमिरे

जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउछौँः श्याम घिमिरे

  • मिडिया डबली
  • बुधवार, कार्तिक २ २०७९

  • 3.0K
    SHARES

  • जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउछौँः श्याम घिमिरे

    सिन्धुली– नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सिन्धुली–१ मा प्रतिनिधि सभा उम्मेदवार श्यामकुमार घिमिरेले जनतालाई विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने दाबी गरेका छन्। बुधबार दुधौली नगरपालिका–४ को पचरुखीमा भएको गठबन्धन दलको पालिकास्तरीय कार्यकर्ता भेलामा घिमिरेले यस्तो दाबी गरेका हुन्।   

    नेकपा एमालेको २५ वर्षमा गर्न नसकेको काम आफू निर्वाचित भए ५ वर्षमा गरेर देखाउने उनको जिकिर छ। ‘हामी निर्वाचित भए २५ वर्षमा नेकपा एमाले गर्न नसकेका काम गर्नेछौं। हरेक जनताले विकासप्रेमी जनप्रतिनिधि पाएको महसुस गराउने छौं,’ उनले भने, ‘यस क्षेत्रको सम्पूर्ण समस्या हामीले बुझेका छौं। त्यो गर्ने दायित्व बोकेर हेटौंडा र काठमाडौं जानेछौं। तीनै तहको सरकार हाम्रो हुनेछ र हामी विकास गर्ने असहजताबाट मुक्त हुनेछौं।’

    दुधौली औद्योगिक विकासको सम्भावना बोकेको ठाउँ रुपमा आफूले हेरेको घिमिरेको भनाइ थियो। कमला नदीको नियन्त्रण गर्ने, जिनाखु–अरुण र ककुरको दुधौली आउने–जाने सडक पक्की बनाउने, दनुवार समुदायको संस्कृति र परम्पराको संरक्षण गर्ने उनको भनाइ छ। कार्यक्रममा गठबन्धन दलका जिल्ला तहका शीर्ष नेतृत्वको उपस्थिति थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक २ २०७९०९:३१:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend