आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यी उम्मेदवारलाई आइ लाग्यो ठूलो आपत, कारबाही गर्ने तयारी  

यी उम्मेदवारलाई आइ लाग्यो ठूलो आपत, कारबाही गर्ने तयारी  

  • मिडिया डबली
  • बुधवार, कार्तिक २ २०७९

  • 2.1K
    SHARES

  • यी उम्मेदवारलाई आइ लाग्यो ठूलो आपत, कारबाही गर्ने तयारी  

    काठमाडौं– निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ३५ जना उम्मेदवारहरुलाई कारबाही गर्ने तयारी थालेको छ। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका ३५ जना उम्मेदवारहरुले निर्वाचन आचारसंहीता उल्लंघन गरेको पाइएकाले कारबाहीको प्रक्रिया अघि बढ्ने पक्का भएको जनाएको हो। 

    निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बुधबार धेरै ठाउँमा आचारसंहिता उल्लंघनका उजुरी परेको तर ३५ जना उम्मेदवारहरुले आचारसंहिता बढी नै उल्लंघन गरेको पाइएको भन्दै कारबाहीको तयारी गरेको बताए। उनले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरुको कसुर प्रवृत्तिको गहन मूल्यांकन र विश्लेषण गर्दा कारबाहीको भागिदार बन्‍ने देखिएको बताए। 

    आयुक्त भण्डारीले आचारसंहिता धेरै उल्लंघन हुने समय कात्तिक १८ देखि मंसिर २ भएकाले आफूले बनाएका नीति नियमको पूर्ण पालना र कार्यान्वयन गर्न उम्मेदवारीहरुलाई आग्रह गरे। आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता अहिले पनि विभिन्‍न तरिकाबाट उल्लंघन भइरहेको भन्दै निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कोही उम्मेदवारहरुलाई पनि आयोगले कारबाही गर्ने चेतावनी दिए। 

    उनले ऐन, कानुन बनाउनेहरुले नै आचारसंहिताको उल्लंघन गर्न नपाइने उल्लेख गर्दै अहिले पनि विभिन्‍न दलहरुले अगुवा कार्यकर्ता भेला, प्रशिक्षण लगायतका आचारसंहिताको उल्लंघन गरिरहेको बताए। उनले हरेक उम्मेदवार र

    दलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयलाई आयोगले प्रमाण संकलन गरी गहन अध्ययन गरिरहेको पनि उल्लेख गरे। 

    उनले भने, ‘राजनीतिक दलका र स्वतन्त्र उम्मेदवार जो उम्मेदवारी दिएर अगाडि जानुभएको छ। उहाँहरुको घरदैलो मात्रै गर्ने कार्यक्रम हो। कात्तिकको १७ गते सम्मको कार्यक्रम घरदैलो मात्रै हो। १८ गतेपछि गोष्ठी सेमिनार, र्‍याली, कोणसभा हो। त्यसको लागि हामीले १७ दिनको समय राखेका छौँ। अहिलेको अवस्था घरदैलो मात्रै गर्ने कार्यक्रम हो। त्यसमा २५ जनामा नबढाइ, बाजागाजा नबजाइ जानुस् भनेका छौँ। दलका नेताहरुले पनि मञ्जुर गर्नुभएको हो।


    निर्वाचन आयुक्त भण्डारीले नेकपा एकीकृत समाजवादी का नेता कृष्णकुमार श्रेष्ठले बारा क्षेत्र नम्बर ४ मा वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर अन्तर्वाता शुरु गरेको विषयमा पनि उजुरी परेकाले नेता श्रेष्ठलाई आयोगले स्पष्टीकरण सोधेको बताए। उनले आयोगले यस सन्दर्भमा प्रमाण जुटाउने काम गरिरहेको बताए। 

    उनले आयोगले उम्मेदवारहरुले दिएको जवाफका बारेमा मात्रै सही, गलत नछुट्याउने भन्दै पर्याप्त प्रमाण संकलन गरी आचारसंहिता उल्लंघन गरेको पाइए कारबाहीको भागिदार बनाउने बताए। आयुक्त भण्डारीले भने, ‘किसान श्रेष्ठले बाराको आफ्नो निर्वाचन क्षेत्रमा जो गरिब किसानहरु हुनुहुन्छ, ज्याला मजदुरी गरेर आउनुभएको छ, तपाईहरुलाई विदेशमा म पठाइदिन्छु, भनेर अहिले निर्वाचनको माहोलमा चुनाव प्रचार गर्ने सन्दर्भमा उहाँले भिसा बाँड्नुभयो, भन्ने हामीकहाँ उजुरी आएको छ। त्यो उजुरीपछि हामीले उहाँले गर्नुभएको हो की होइनरु उहाँलाई स्पष्टीकरण सोधेका छौँ। साथै हामीले पनि प्रमाण संकलन गरेका छौँ। उहाँले दिएको जवाफमा मात्रै आधार मानेर त्यसैलाई सही र गलत भनेर हामी छुट्याउँदैनौँ। आयोगसँग मजबुत रुपमा प्रमाण संकलन छ। त्यो संकलन प्रमाणहरु वस्तुनिष्ठ तहले उहाँले त्यसरी निर्वाचन आचारसंहीतालाई उल्लंघन गरेर कसुरजन्य क्रिया गर्दै अघि हिँड्नुभएको छ भने निश्चित रुपमा सजायको भागिदार हुनुहुनेछ।’

    निर्वाचन आयुक्त भण्डारीले देशको नीति निर्माण र शासन सम्हाल्न जाने मानिसले सुरुदेखि नै ऐन, नियम र आचारसंहीता उल्लंघन गर्नुले देशका लागि नयाँ नीति निर्माण गर्न नसक्ने भन्दै निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरे। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २९ २०७७०५:५८:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend