सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

डडेल्धुरामा कर्ण मल्ललाई अर्को झट्का, देउवाको भाग्य खुल्यो 

डडेल्धुरामा कर्ण मल्ललाई अर्को झट्का, देउवाको भाग्य खुल्यो 

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १ २०७९

  • 4.8K
    SHARES

  • डडेल्धुरामा कर्ण मल्ललाई अर्को झट्का, देउवाको भाग्य खुल्यो 

    काठमाडौं- नेकपा एकीकृत समाजवादीले बीपी कांग्रेससँग गरेको तालमेल तोड्न डडेलधुरा कमिटीलाई निर्देशन दिएको छ ।

    केन्द्रमा भएको सहमति विपरीत डडेलधुरा प्रदेश सभा (ख) मा डा. ताराप्रसाद जोशीले उम्मेदवारी दिएका थिए । जिल्ला कमिटीले बीपी कांग्रेससँग तालमेल गरेको थियो ।  यो सहमतिअनुसार एकीकृत समाजवादीले प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका कांग्रेस बीपीका कर्ण मल्ललाई र प्रदेशसभा (ख) मा बीपी कांग्रेसले जोशीलाई सघाउनुपर्ने हुन्थ्यो ।

    तर एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले २४ घण्टाभित्र उम्मेदवारी निष्क्रिय बनाउन केन्द्रीय सदस्य जोशीलाई निर्देशन दिएका छन् । साथै जिल्ला अध्यक्ष कविन्द्र विष्टलाई पार्टी निर्णय विपरीत काम नगर्न निर्देशन दिएका छन् ।

    महासचिव भुसालले भने, ‘पार्टी केन्द्रको अनुमति नलिई तालमेल गरिएको छ, त्यो तोड्न भनेका हौं ।’ केन्द्रीय सदस्य जोशी र अध्यक्ष विष्टले केन्द्रको निर्णय पालना नभए पार्टीको जिम्मेवारीबाट स्वतः मुक्त हुने भुसालले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend