सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

गोरखा २ मा प्रचण्डविरुद्ध ९९ वर्षीय बयोवृद्धको हाँक

गोरखा २ मा प्रचण्डविरुद्ध ९९ वर्षीय बयोवृद्धको हाँक

  • मिडिया डबली
  • बुधवार, आश्विन २६ २०७९

  • 4.5K
    SHARES

  • गोरखा २ मा प्रचण्डविरुद्ध ९९ वर्षीय बयोवृद्धको हाँक

    काठमाडौं-आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरूको अन्तिम सूची निर्वाचन आयोगले आज सार्वजनिक गर्दै छ । आयोगले २५ वर्षदेखि ९९ वर्षसम्मका उम्मेदवार यसपटक चुनावी मैदानमा उत्रिएको जानकारी दिएको छ । 

    आयोगले तयार पारेको नामावलीको सूचीअनुसार प्रतिनिधिसभातर्फ उम्मेदवारी दिनेमा सबैभन्दा कम उमेर २५ वर्ष छ । यो उमेर समूहका २० जना उम्मेदवार छन् । तीमध्ये १५ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने पाँचजनाले पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका छन् । 

    प्रदेशतर्फ उम्मेदवारी दिने सबैभन्दा बढी उमेर पर्वतका बालकृष्ण पौडेलको छ । उनले पर्वत १ (ख) बाट उम्मेदवारी दर्ता गराएका छन् । पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दिएका हुन् ।

    प्रदेशमा ८० वर्ष कटेका चारजना उम्मेदवार छन् । प्रदेशतर्फ २५ वर्ष उमेर समूहका ३२ उम्मेदवार छन् । जसमध्ये १६ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । आयोगका अनुसार प्रदेश सभातर्फ ३,२८९ र प्रतिनिधिसभामा २,४३६ उम्मेदवार छन् ।

    आयोगका अनुसार सबैभन्दा बढी ९९ वर्षका गोरखा २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका टीकादत्त पोखरेल छन् । उनले कांग्रेस (बिपी) बाट उम्मेदवारी दिएका हुन् । उनी राणा शासन फाल्न सेनाको जागिर छाडेर लागेका व्यक्ति हुन्।

    गोरखा २ मा सत्तारुढ गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उम्मेदवार बनाएको छ । एमालेले अब्दुस मियाँलाई प्रचण्डविरुद्ध खडा गरेको छ । तर, यी दुवैलाई चुनौती दिन ९९ वर्षीय पोखरेल मैदानमा उत्रेका छन् । शताब्दी उमेर पुगेको व्यक्ति निर्वाचनमा उठ्नु, त्यो पनि प्रचण्ड जस्तो आफूलाई चतुर नेता ठान्नेलाई हाँक दिनु सामान्य होइन । पोखरेलको साहसलाई अहिले चारैतिर प्रशंसा भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend