आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्रले ओलीसँग घाँटी जोडेपछि जसपा मन्त्रीहरू बर्खास्तीमा पर्दै

उपेन्द्रले ओलीसँग घाँटी जोडेपछि जसपा मन्त्रीहरू बर्खास्तीमा पर्दै

  • मिडिया डबली
  • मंगलवार, आश्विन २५ २०७९

  • 3.7K
    SHARES

  • उपेन्द्रले ओलीसँग घाँटी जोडेपछि जसपा मन्त्रीहरू बर्खास्तीमा पर्दै

    काठमाडौं - पछिल्लो समय नेपालको राजनीतिलाई विकृत र कुरुप बनाउने पात्रमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि पर्छन् । पटक पटक पार्टी फेर्ने उनको चरित्र अहिले पनि उस्तै छ ।

    सत्तारुढ पाँचदलीय गठबन्धनमा रहेका उपेन्द्रले ठूलो भाग खान प्रमुख प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन गरेका छन् । पाँच वर्षअघि माओवादीले जस्तो चरित्र निभाएको थियो, अहिले ठ्याक्कै उपेन्द्रले पनि त्यही चरित्र निभाएका छन् ।

    पाँच वर्षअघिको निर्वाचनको मुखमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको सरकारमा रहेर एमालेसँग वाम तालमेल गरेका थिए ।

    चुनावको मुखमा सरकारमा पनि बस्ने अनि प्रमुख प्रतिपक्षी दलसँग गठबन्धन गर्ने भएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादीका मन्त्रीहरूको भूमिका खोसेर विना विभागीय बनाइदिएका थिए ।

    अहिले उपेन्द्र यादवले पनि एमालेसँग तालमेल गरेपछि सरकारमा रहेका उनका मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने आवाज उठेको छ । यदि नेताहरूमा अलिकति पनि नैतिकता हुन्थ्यो भने जसपाका मन्त्रीहरूले तुरुन्तै पदबाट राजीनामा दिएर बाहिरिनुपथ्र्यो ।

    तर, त्यत्तिको नैतिकता उनीहरूले प्रस्तुत गर्न सकेनन् । बरु उल्टै उपेन्द्र यादवले आफ्ना मन्त्रीहरूलाई नचलाउन प्रधानमन्त्री देउवासँग हारगुहार गरिरहेका छन् । सरकारमा जसपाबाट प्रदीप यादव, राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई मन्त्री छन् ।

    विपक्षी मोर्चामा भए पनि यी मन्त्रीहरूलाई प्रधानमन्त्री देउवाले किन मन्त्रिपरिषद् बैठकमा सामेल गराइरहेका हु्न् भन्ने बुझ्न सकिएको छैन ।

    क्याबिनेटमा भएका सबै गोप्य कुरा जसपाका मन्त्रीहरूले बाहिर लैजाने गरेका छन् । त्यसैले अहिले जनस्तरमै जसपाका मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend