काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा परिवार मोह अझै कायमै छ । पार्टी खिइएर सकिनै लाग्दासमेत उनले आफन्तलाई पद दिन छाडेका छैनन् ।
कृष्णबहादुर महरा, लीलामणि पोखरेल, हरिबोल गजुरेल, लेखनाथ न्यौपाने, त्रिलोचन भट्ट, कुलप्रसाद केसी जस्ता नेतालाई उम्मेदवारसमेत नबनाएका प्रचण्डको परिवारबाटै तीनजना उम्मेदवार बनेका छन् ।
प्रचण्ड गोर्खा– २ बाट र बुहारी विना मगर कञ्चनपुर– १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छिन् । माओवादी केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मगर अघिल्लो निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।
त्यस्तै, ज्वाइँ जीवन आचार्य मोरङ– ६ (क) बाट प्रदेश सभामा प्रतिस्पर्धा गर्दै छन् । उनी माओवादीका केन्द्रीय सदस्य हुन् । माओवादी उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती श्रीमान्÷श्रीमती हुन् ।
पुन रोल्पाबाट र घर्ती काठमाडौं– २ बाट उम्मेदवार छन् । माओवादी सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल र खेलकुदमन्त्री महेश्वर गहतराजका पनि दम्पती नै उम्मेदवार छन् । पौडेल बाग्लुङ– २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् ।
उनकी पत्नी बलावती शर्मा प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् । बलावती माओवादीको पोलिटब्युरो सदस्य हुन् । गहतराज बाँके– १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दै छन् ।
उनकी पत्नी पार्वती गहतराजको नाम लुम्बिनी प्रदेश सभाको समानुपातिक सूचीमा छ । त्यस्तै, माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट डडेल्धुराबाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।
उनकी पत्नी मञ्जु बम प्रदेशमै समानुपातिक सूचीमा छिन् । भट्टलाई पार्टीले भावी मुख्यमन्त्रीको उम्मेदवारका रूपमा अगाडि सारेको चर्चा छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।