सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

प्रचण्डले दुई मुख्यमन्त्री र माधव नेपालले मन्त्रीलाई नै टिकट दिएनन्

प्रचण्डले दुई मुख्यमन्त्री र माधव नेपालले मन्त्रीलाई नै टिकट दिएनन्

  • मिडिया डबली
  • सोमवार, आश्विन २४ २०७९

  • 6.1K
    SHARES

  • प्रचण्डले दुई मुख्यमन्त्री र माधव नेपालले मन्त्रीलाई नै टिकट दिएनन्

    काठमाडौं - आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा धेरै चर्चित नेता टिकट पाउनबाट वञ्चित भएका छन् ।

    जसमा एमालेका भीम रावल, घनश्याम भुसाल, नेपाली कांग्रेसका डा.मिनेन्द्र रिजाल, सीतादेवी यादव, डा.गोविन्द पोखरेल, महेश आचार्य, गुरुराज घिमिरे, अमरेश सिंहलगायत छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने बहालवाला मुख्यमन्त्रीलाई नै टिकट दिएनन् । माओवादीबाट मुख्यमन्त्री रहेका लुम्बिनीका कुलप्रसाल केसी र सुदूरपश्चिम प्रदेशका त्रिलोचन भट्टले संघ र प्रदेशमा टिकट नै पाएनन् ।

    प्रचण्डले कृष्णबहादुर महरा, हरिबोल गजुरेल, लीलामणि पोखरेल, गणेश साह, लेखनाथ न्यौपानेलाई पनि उम्मेदवार बनाएनन् । यस्तै, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने बहालवाला मन्त्री र राज्यमन्त्रीलाई नै टिकट दिएनन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ र राज्यमन्त्री हिराचन्द्र केसीले उम्मेदवार बन्नबाट वञ्चित भएका हुन् । खापुङ तेह्रथुमका हुन् भने केसी दाङका।

    टिकट नपाउने पक्का भएपछि मन्त्री खापुङ र केसी दुवैले यो पटक नउठ्ने भन्दै आइरहेका थिए। स्वास्थ्य मन्त्रालयमा मन्त्री र राज्यमन्त्रीका रुपमा दुवैको काम सन्तोषजनक नभएको भन्दै मन्त्रालयका कर्मचारीले आलोचना गर्दै आइरहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend