सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

चितवन–३ बाट चुनाव लड्न डराए प्रचण्ड, रोजे यो क्षेत्र 

चितवन–३ बाट चुनाव लड्न डराए प्रचण्ड, रोजे यो क्षेत्र 

  • मिडिया डबली
  • बिहिवार, आश्विन १३ २०७९

  • 4.9K
    SHARES

  • चितवन–३ बाट चुनाव लड्न डराए प्रचण्ड, रोजे यो क्षेत्र 

    काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा–२ बाट प्रतिनिधि सभा चुनाव लड्ने विषयमा छलफल थालिएको छ। गोरखा–२ बाट चुनाव जित्दै आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले प्रचण्डका लागि गोरखा २ छाड्ने संकेत गरिसकेका छन्।  

    निकटस्थहरुसँग आफू कुनैपनि क्षेत्रबाट प्रत्यक्ष चुनाव नलड्ने डा भट्टराईले बताएका हुन्। २०७४ सालको चुनावमा गोरखा–२ मा तत्कालीन वाम गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रको उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्य छन्। 

    गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा गोरखा–२ अन्तर्गत पर्ने वडाहरुमा अध्यक्षका उम्मेदवारहरुले पाएको मत एकीकृत गर्दा माओवादी बलियो देखिन्छ। 

    त्यहाँ माओवादीले २२ हजार २५०, कांग्रेसले २१ हजार ५७८, एमालेले ७ हजार ४८४, जसपाले ७ हजार ५०४ र अन्य पार्टी तथा स्वतन्त्र उम्मेदवारले २ हजार ५२० मत पाएका थिए।

    चितवन–३ बाट यसअघि प्रतिनिधि सभामा पुगेका प्रचण्डले आफ्ना लागि गोरखा–२ सुरक्षित हुने विषयमा निकटस्थहरुसँग छलफल सुरु गरेका हुन्। उनी निकटस्थहरुले गरेको सर्वेक्षणले समेत प्रचण्डका लागि चितवन–३ सुरक्षित नरहेको संकेत गरेको बुझिएको छ। 

    चितवन–३ मा जित्न समस्या नभएपनि मेहनत बढी गर्नुपर्ने भएकाले अन्य् क्षेत्रमा पनि विकल्पका रुपमा छलफलमा आएको प्रचण्डनिकट एक नेता बताउँछन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend