काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नयाँ घरमा सरेका छन् । उनी आफ्नो पुर्ख्यौली जग्गामा बनेको नयाँ घरमा सरेका हुन्।
प्रचण्डले आफ्नो नाममा एक कठ्ठा जमिन भएको बताउँदै आएका छन् । तर उनी सोमबार घटस्थापनाको दिन साइत हेरेर भरतपुर महानगरपालिका–१४ स्थित शिवनगरमा बनेको एक तले नयाँ घरमा पत्नी सीता दाहालसहित सरेका हुन्।
६ कठ्ठामा बनेको नयाँ घरमा सर्ने बेला उनले सयौं स्थानीयलाई घन्टौं कुराएर हात मिलाउँदै राजशैली ढंगले प्रवेश गरेका थिए । पानी परिरहँदा पनि सर्वसाधारण प्रचण्डको स्वागतमा लाइनमा बसेका थिए ।
सर्वहारा वर्गका महान नेता मानिएका प्रचण्डको यो शैलीलाई सामन्ती संस्कार मानिएको छ । प्रतिनिधि सभाको निर्वाचन आउँदै गर्दा प्रचण्डको एक तले नयाँ घर सराइलाई अर्थपूर्ण मानिएको छ।
मंसिर ४ को निर्वाचन नजिकिएसँगै प्रचण्ड आफ्नो क्षेत्रमा केन्द्रित छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।