सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

त्यसपछि गठबन्धनको बैठकमा जान छाडे कांग्रेस महामन्त्री गगन थापा

त्यसपछि गठबन्धनको बैठकमा जान छाडे कांग्रेस महामन्त्री गगन थापा

  • मिडिया डबली
  • आइतवार, आश्विन ९ २०७९

  • 11.9K
    SHARES

  • त्यसपछि गठबन्धनको बैठकमा जान छाडे कांग्रेस महामन्त्री गगन थापा

    काठमाडौं - डेंगु लागेका कारण नेपाली कांग्रेसका महामन्त्री गगन थापा झन्डै दुई साता घरमै रेस्ट गरेर बसे । अहिले स्वास्थ्य अवस्था सामान्य भए पनि उनी चुनावको तयारीमा लागेका छन् ।

    तर, समानुपातिकदेखि प्रत्यक्षतर्फ संस्थपन पक्षले एकलौटी गर्न थालेपछि सभापति शेरबहादुर देउवामाथि दबाब बनाउन महामन्त्री थापाले गठबन्धनको बैठक बहिष्कारको नीति अंगीकार गरेका छन् ।

    बन्दसूचीमा आफ्नो समूह नसमेटिएको भन्दै असन्तुष्ट उनी तीन चारवटा गठबन्धनको बैठकमा सहभागी भएनन् । पछिल्लो चार दिनदेखि उहाँ गठबन्धनको बैठकमा सहभागी हुनुभएको छैन ।

    आफ्नो समूहलाई पेलेरै जाने अवस्था देखेपछि बैठकमा सहभागी हुनुभएको छैन,’ थापा निकट कांग्रेस नेताले भने, ‘गठबन्धनमा उहाँको खोजी भइरहेको छ, तर बैठकमा सहभागी हुनुभएको छैन ।’

    पार्टीका हरेक निर्णयमा संस्थापन पक्षले आफूखुसी निर्णय गर्दै आएको छ । पटक पटक महामन्त्री थापाले यसबारे सभापति देउवासँग थापाले विमति राख्दै आएका छन् ।

    तर, देउवाले बेवास्ता गर्न थालेपछि थापाले उनको फोनसमेत उठाउन छाडेका छन् । आफ्नो फोन नउठाएको भन्दै देउवाले सार्वजनिक रूपमै थापासँग गुनासो गरेका थिए ।

    कांग्रेसले समानुपातिक बन्दसूची निर्वाचन आयोगमा बुझाइसकेको छ । सूचीमा अधिकांश व्यापारी र नेताका आफन्त अटाएका छन् । अझ पनि लामो समयसम्म काम गरेका नेता कांग्रेसको बन्दसूचीमा अटाएका छैनन् ।

    त्यसैले महामन्त्री थापा अहिले असन्तुष्ट बनेका हुन् । गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको मात्र देउवाले कुरा सुन्ने, पार्टीका नेताका सल्लाह सुझाव नलिएपछि महामन्त्री थापा कार्यदलको बैठकमै जान छाडेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend