शुक्रवार, मंसिर १६ २०७९Dec 02 2022

Logo
images
राजनीतिक बिशेष

काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेलविरुद्ध कांग्रेसका यी चर्चित नेता भिड्ने, गठबन्धनमै बन्यो सहमति

काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेलविरुद्ध कांग्रेसका यी चर्चित नेता भिड्ने, गठबन्धनमै बन्यो सहमति

  • मिडिया डबली
  • आइतवार, आश्विन ९ २०७९


  • काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेलविरुद्ध कांग्रेसका यी चर्चित नेता भिड्ने, गठबन्धनमै बन्यो सहमति

    काठमाडौं - पाँचदलीय गठबन्धनबीच देशैभर सिट बाँडफाँडको प्रयास जारी छ । अहिलेसम्म झन्डै डेढ सय सिटमा सहमतिको टुंगो लागिसकेको छ ।

    अब १५ देखि १९ सिटमा भागबन्डा लाग्न सकेको छैन । टुंगो लाग्न नसकेको जिल्ला र निर्वाचन क्षेत्रकै कारण शीर्ष नेताहरू तनावमा छन् । काठमाडौं उपत्यकाका धेरैजसो सिटमा दलहरू सहमतिनजिक छन् ।

    images
    images
    images

    काठमाडौं, ललितपुर र भक्तपुरमा १५ सिटमध्ये नौ सिटमा एकल र अन्यमा कतै दोहोरो त कतै तेहोरो दाबी छ । काठमाडौंका १० सिटमध्ये १, ३, ४, ६ र १० मा कांग्रेसको एकल दाबी छ ।

    यसबाहेक ५ र ९ मा पनि उसको दाबी छ । माओवादीले काठमाडौं २, ७ र ९ मा दाबी गरेको छ । एकीकृत समाजवादीले काठमाडौं ८ र जसपाले काठमाडौं ७ मा दाबी गरेका छन् ।

    यसबाहेक एकीकृृत समाजवादीले २ र ९ मध्ये एक सिटमा पनि दाबी गरेको छ । ललितपुरका तीनमध्ये १ र २ मा कांग्रेस र एकीकृत समाजवादी तथा ३ मा माओवादी र एकीकृत समाजवादीको दाबी छ ।

    भक्तपुरका दुई क्षेत्रमध्ये एउटा क्षेत्र टुंगो लागेको छ । भक्तपुर २ मा कांग्रेस र १ मा कांग्रेस र माओवादी दुवैको दाबी छ । काठमाडौं ५ एमालेको प्रभाव भएको क्षेत्र हो । जहाँ एमालेका ईश्वर पोखरेलले चुनाव जित्दै आएका छन् ।

    यसअघि सो क्षेत्रमा कांग्रेसका नरहरि आचार्यले चुनाव जित्ने गर्थे । तर उनी विरामी भएपछि पोखरेल हाबी भएका हुन् । तर आगामी निर्वाचनमा भने काठमाडौं ५ मा कांग्रेसबाहेक कसैले दाबी गरेका छैनन् ।

    त्यसो हुनुको मुख्य कारण अर्थशास्त्री डा.स्वर्णिम वाग्ले हुन् । काठमाडौं ५ मा कांग्रेसका डा.प्रकाशशरण महत चुनाव लड्ने बताइए पनि उनी समानुपातिकमा बसेपछि कांग्रेसले वाग्लेलाई उठाउने तयारी गरेको हो ।

    स्वतन्त्र उम्मेदवार धेरै भएकाले पनि कांग्रेसले यसपटक चर्चित अर्थशास्त्री वाग्लेलाई अघि सार्ने भएको हो । सोही कारण अन्य दल पनि मौन बसेका छन् । वाग्ले भए भने एमालेका पोखरेल पराजित हुने निश्चित भएको त्यहाँका मतदाताको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र ९ २०७७१२:५०:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend