आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

निर्वाचन आयोगले सरकारलाई दियो यस्तो निर्देशन, अब के हुन्छ?  

निर्वाचन आयोगले सरकारलाई दियो यस्तो निर्देशन, अब के हुन्छ?  

  • मिडिया डबली
  • बिहिवार, आश्विन ६ २०७९

  • 3.4K
    SHARES

  • निर्वाचन आयोगले सरकारलाई दियो यस्तो निर्देशन, अब के हुन्छ?  

    काठमाडौं– निर्वाचन आयोगले कर्मचारीहरुको सरुवा नगर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले असोज ६ गतेदेखि निर्वाचन सम्पन्न नहुन्जेलसम्म आयोगको अनुमति नलिइ कुनै पनि कर्मचारीको सरुवा नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको हो ।

    असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ असोज ९ गतेसम्ममा सम्बन्धित कार्यालयमा हाजिर भइसक्ने व्यवस्था गर्न पनि आयोगले सरकारलाई निर्देशन दिएको छ ।

    ‘२०७९ मंसिर ४ गते हुने निर्वाचनका लागि यही असोज ६ गतेदेखि अस्थायी मतदाता नामावलीमा कर्मचारीहरुको नाम समावेश गर्ने प्रक्रिया प्रारम्भ भएको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस अवस्थामा विभिन्न तहका सरकार तथा सार्वजनिक निकायले कर्मचारी सरुवा गरिदिँदा अस्थायी मतदाता नामावली संकलनको कार्यमा बाधा उत्पन्न हुने देखिन्छ ।’   

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २९ २०७७०५:५८:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend