काठमाडौँ–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले डेंगु नियन्त्रणलाई प्राथमिकता दिन नसकेको बताएका छन्। नेपाल चिकित्सक संघको दोस्रो राष्ट्रिय सम्मेलनमा सत्तारुढ दल कांग्रेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले स्थानीय सरकारले समेत डेंगी महामारी नियन्त्रणका लागि प्राथमिकता दिन नसकेको बताएका हुन्।
उनले सरकारले कोरोना महामारीबाट पनि पाठ सिक्न नसकेको भन्दै दुखेसो पोखे। कोभिडपछि पर्याप्त मात्रामा स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरे पनि सरकारले आपतकालका बेला रोग नियन्त्रणका लागि आवश्यक संरचनाहरूको भने निर्माण गर्न नसकेको उनको भनाइ थियो।
काठमाडौंमा सीमित रहेको डेंगी रोग देशभर फैलिने क्रममा रहेको उल्लेख गर्दै महामन्त्री थापाले त्यसको नियन्त्रणका लागि तीनवटै तहका सरकारले गम्भीरतापूर्वक काम गर्नुपर्ने बताए। देशका विभिन्न जिल्लामा डेंगु फैलिरहेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।