काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउन सिफारिस गरिएको छ। प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिमा शनिबार भएको लामो छलफलपछि समितिले यस्तो सिफारिस गरेको हो।
समितिमा सत्ता गठबन्धनका दलका सदस्यहरुले पर्याप्त आधार र कारण भएको भन्दै चोलेन्द्रलाई महाभियोग लगाउन जिकिर गरेपछि बहुमतका आधारमा सिफारिस गरिएको छ। समितिमा गठबन्धन दलका ६ जना सा।सद सदस्य छन् भने एमालेका ४ जना र लोसपा एक जना छन्।
महाभियोगको पक्षमा रामबहादुर विष्ट, मीन विश्वकर्मा, रेखा शर्मा, यशोदा सुवेदी गुरुङ, कल्याणी खड्का र प्रमोद साह रहेका छन् भने विपक्षमा विष्णुप्रसाद पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल र इकबाल मियाँ रहेका छन्।
पक्षमा रहेका सांसदहरु सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) भ्रष्टाचार बाहेककै विषयमै राणाविरुद्ध महाभियोग लगाउन सकिने निष्कर्ष निकालेका हुन्।
एमाले र लोसपाका सांसदहरूले भने ‘नोट अफ डिसेन्ट’ लेख्दै चोलेन्द्रमाथि छानबिन बाँकी नै भएको बताएका छन्। एमालेका सांसदले प्रतिवेदनमा आठ बुँदे फरक मत राखेका छन्। समितिले आफ्नो प्रतिवेदन आजै सभामुख अग्निप्रसाद सापकोटालाई बुझाएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।