आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यी जिल्ला र प्रदेशमा छन् सबैभन्दा बढी र कम मतदाता 

यी जिल्ला र प्रदेशमा छन् सबैभन्दा बढी र कम मतदाता 

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ३१ २०७९

  • 2.6K
    SHARES

  • यी जिल्ला र प्रदेशमा छन् सबैभन्दा बढी र कम मतदाता 

    काठमाडौं । निर्वाचन आयोगले आज आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने मतदाताको अन्तिम नावावली सार्वजनिक गरेको छ । 

    आयोगका अनुसार आगामी निर्वाचनको लागि कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेका छन् । 

    सबैभन्दा बढी मतदाता मोरङ, झापा र काठमाडौंमा रहेका छन् । आयोगका अनुसार मोरङमा ७ लाख ३५ हजार ५२५, झापामा ६ लाख ६३ हजार ३११ र काठमाडौंमा ६ लाख ५२ हजार १२६ जना रहेका छन् । 

    यस्तै, आउँदो निर्वाचनमा सबैभन्दा कम मतदाता रहेका जिल्लामा मनाङ, मुस्ताङ र डोल्पा रहेका छन् । मनाङमा ६ हजार ७७९, मुस्ताङमा १० हजार ९५७ र डोल्पामा २२ हजार ७७४ जना मतदाता रहेका छन् । 

    प्रदेशका हिसाबले सबैभन्दा बढी मतदाता बागमती, प्रदेश १ र मधेश प्रदेशमा रहेका छन् । 

    आयोगका अनुसार बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ र मधेश प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता रहेका छन् । 

    यस्तै सबैभन्दा कम मतदाता रहेका प्रदेशमा कर्णाली, सुदूरपश्चिम र गण्डकी रहेका छन् । कर्णाली प्रदेशमा १० लाख ८ हजार ४०३, सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ र गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ जना मतदाता रहेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २९ २०७७०५:५८:१९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend