सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images
राजनीतिक बिशेष

असोज ३ सम्मका लागि सिट भागबन्डाको च्याप्टर क्लोज

असोज ३ सम्मका लागि सिट भागबन्डाको च्याप्टर क्लोज

  • मिडिया डबली
  • बुधवार, भाद्र २९ २०७९

  • 3.8K
    SHARES

  • असोज ३ सम्मका लागि सिट भागबन्डाको च्याप्टर क्लोज

    काठमाडौं - चुनावी माहोल बनाउन मात्रै नभएर सत्ता गठबन्धनका लागि सिट बाँडफाँडको विषय पनि झन् झन् पेचिलो बनिरहेको छ।

    कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी सिट बाँडफाँडको गृहकार्यमा जुटिरहेका छन्। तर, सिट मिलाउन सकिरहेका छैनन्। हरेक दिन बालुवाटारमा कार्यदल र शीर्ष नेताको बैठक बस्छ, तर सहमति जुट्दैन ।

    गठबन्धनको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन बुझाएपछि पनि शीर्ष तहको नेताहरू निरन्तर गृहकार्यमा जुटेका छन्। तर, हात लाग्यो शून्यकै अवस्था छ। दलहरू आआफ्नो अडानबाट पछि हट्न तयार नभएका कारण भागवण्डा मिल्न सकेको छैन। एक सय ६५ निर्वाचन क्षेत्रमा अझै दुई सयभन्दा धेरै सिटको दाबी कायमै छ।

    आधाजसो ठाउँको सिट बाँडफाँटमा सहमति बनेपछि कुनै क्षेत्रमा दुईदेखि तीन दलसम्मको दाबी कायमै छ। दलहरूको अडानकै कारणले सहजै गठबन्धनमा कस्सिएको गाँठो फुक्ने अवस्था देखिएको छैन।

    एकीकृत समाजवादीका नेता झलनाथ खनालका अनुसार एउटा निर्वाचन क्षेत्रमा चारवटा दलको दाबी देखिएको छ । यसले पनि सहमति झन् टाढा हुँदै गएको छ ।

    गठबन्धनमा सहभागी मधेसकेन्द्रित दल जसपाले सम्मानजनक ढंगले सिट बाँडफाँड नभएर गठबन्धनबाटै बाहिरिने चेतावनी दिइसकेको अवस्था छ। उसले ३२ सिटमा दाबी गरेको छ ।

    नपाए गठबन्धनबाट बाहिरिने उसको तयारी छ । त्यसैले पनि अहिले असोज ३ गतेसम्म सिट बाँडफाँडको काम रोकिएको छ । निर्वाचन आयोगले असोज २ र ३ गते समानुपातिकतर्फ बन्दसूची बुझाउने समय तोकेको छ ।

    अबको पाँच दिन दलहरूलाई समानुपातिक बन्दसूची तयार पार्न समय लाग्ने भएकाले हाललाई सिट बाँडफाँडको छलफल रोकिएको स्रोतले बतायो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:०१:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend