सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

एकाएक चिन्तित बने गगन, के हो कारण?  

एकाएक चिन्तित बने गगन, के हो कारण?  

  • मिडिया डबली
  • आइतवार, भाद्र २६ २०७९

  • 12.2K
    SHARES

  • एकाएक चिन्तित बने गगन, के हो कारण?  

    काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले धोबी खोला कोरिडोरको कपन-बुढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारले छुट्टै आयोजना बनाउन माग गरेका छन् ।

    प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियामा महामन्त्री थापाले धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण गर्न अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका, प्रदेश सरकार र काठमाडौं उपत्यका विकास प्राधिकरणले काम गरेको बताए ।

    उनले भने,  ‘एउटै आयोजनामार्फत बाढी नियन्त्रण गर्ने योजना बनाउनुपर्छ । स्थानीय तह, प्रदेशले छुटै काम गर्नुहुँदैन ।’

    यही क्षेत्रको जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबभन्दा धेरै गाली खाने गरेको उनले सुनाए । ‘यो क्षत्रमा सबैभन्दा बढी गाली खाने मान्छे म हुँ । कपनमा पानी आएर खहरे बग्ने बित्तिकै सबैभन्दा बढी गाली मैले खान्छु, ’ काठमाडौं–४ का सांसद समेत रहेका थापाले भने ।

    कोरिडोर बनाउने क्रममा खोलाको बहावलाई नियन्त्रण गर्ने गरी मात्रै नभई बनाएका घरहरुको समेत संरक्षण कसरी गर्ने सोच्नुपर्ने उनले बताए ।  कार्यक्रममा शहरी विकासमन्त्री मेटमणि चौधारीले कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणका लागि छुट्टै आयोजना बनाएर काम गर्ने बताए ।

    संसद थापाको पहललाई शहरी मन्त्रालयले शत प्रतिशत सहयोग गर्न तयार रहेको भन्दै उनले भने, ‘अब बस्ने मन्त्रिपरिषद्को बैठकमा छुटै आयोजना बनाएर कोरिडोर बनाउने प्रस्ताव पास हुन्छ । कोरिडोरलाई विवादित बनाउने भन्दा पनि समस्या समाधान गर्ने कुरा गरौं । जनतालाई पीडा दिने खालका विषयमा छलफल गर्नुहुन्न ।’

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend