सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

गठबन्धनको कुरा बाहिर लगेर भँडास पोख्दै प्रचण्ड र माधव नेपाल

गठबन्धनको कुरा बाहिर लगेर भँडास पोख्दै प्रचण्ड र माधव नेपाल

  • मिडिया डबली
  • बुधवार, भाद्र २२ २०७९

  • 4.2K
    SHARES

  • गठबन्धनको कुरा बाहिर लगेर भँडास पोख्दै प्रचण्ड र माधव नेपाल

    काठमाडौं - पाँचदलीय सत्तारुढ गठबन्धनको सिट भागबन्डा लगाउन गठित कार्यदलले एक महिनादेखि सिट भागबन्डा लगाउन सकेको छैन ।

    हरेक दिनजसो बैठक बस्ने तर निष्कर्षविहीन हुने गरेको छ । बालुवाटारमा कार्यदलका नेताहरू घन्टौं बस्ने तर आ–आफ्ना कुण्ठा र दम्भ देखाएर बैठकलाई पंगु बनाउँदै आएका छन् । हरेक दिन भोलि भोलि भन्दै अब १० दिन मात्र समय बाँकी छ ।

    किनभने समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समय असोज २ र ३ गते तोकिएको छ । बन्दसूची बुझाएकै दिनदेखि सांसदको कार्यकाल सकिँदैछ । तर, पाँचदलीय गठबन्धनका शीर्ष नेताहरू अहिले धमाधम आफ्ना कुण्ठा र भँडास पोख्न थालेका छन् ।

    शीर्ष नेताको बैठकमा भएका छलफल र कुराकानी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाहिर सार्वजनिक गरेका छन् । मंगलबार प्रचण्डले धनगढी र माधव नेपालले काठमाडौंमा सिट भागबन्डाबारे भित्री कुरा खोलेका थिए ।

    प्रचण्डले कांग्रेस ८० र माओवादीले ६० सिट पाउने सहमति भएको दाबी गरे । माधव नेपालले भने सिट भागबन्डा पेचिलो भएको भन्दै भँडास पोखे । प्रचण्डका अनुसार कांग्रेस ८० वरिपरि, माओवादी ६० वरिपरि, एकीकृत समाजवादी २५ वरिपरि, जसपा २५ वरिपरि सिट पाउने लगभग सहमति भएको भनेर उनले खुलाए । मंगलबार राति अबेरसम्म बसेको कार्यदल बैठक निष्कर्षविहीन बन्यो ।

    अहिले प्रचण्ड र माधव नेपालको काम भनेको कांग्रेसलाई सकेसम्म गलाउने देखिएको छ । तर कांग्रेसभित्र एक सय सिटभन्दा तल नझर्न शेखर कोइराला समूहले दबाब बढाएकाले सभापति शेरबहादुर देउवा पनि सकसमा परेका छन् ।

    त्यसैले प्रचण्ड र माधवले भन्दैमा देउवा गलिहाल्छन् भन्ने धेरै कांग्रेसीलाई लागेको छैन । तर प्रचण्ड र माधव नेपालले बाहिर बाहिर भँडास पोखेकामा भने सत्तारुढ गठबन्धनका नेताहरू नै असन्तुष्ट बनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend