आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

राष्ट्रपति भण्डारी र ओलीबीच दुई घन्टासम्म शीतल निवासमा ‘अर्थपूर्ण’ भेटघाट

राष्ट्रपति भण्डारी र ओलीबीच दुई घन्टासम्म शीतल निवासमा ‘अर्थपूर्ण’ भेटघाट

  • मिडिया डबली
  • आइतवार, भाद्र १९ २०७९

  • 5.0K
    SHARES

  • राष्ट्रपति भण्डारी र ओलीबीच दुई घन्टासम्म शीतल निवासमा ‘अर्थपूर्ण’ भेटघाट

    काठमाडौं - संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाले नागरिकता विधेयक (पहिलो संशोधन) बहुमतले पारित गरिसकेको छ ।

    दुवै सदनले पारित गरेको विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले सम्भवतः आज प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पठाउँदैछन् ।

    तर, सभामुखले नागरिकता विधेयक प्रमाणीकरणका लागि शीतल निवास पठाउनुअघि एमाले अध्यक्ष केपी ओलीले सुटुक्क राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओली शनिबार साँझ पौने ७ बजे शीतल निवास पुगेका थिए ।

    स्रोतका अनुसार उनीहरूबीच राति ९ बजेसम्म कुराकानी भएको थियो । संसदको दुवै सदनबाट हुबहु पारित नागरिकता विधेयक पुुनः प्रमाणीकरणको निम्ति सभामुखले शीतल निवास पठाउनुअघि झापाबाट फर्कनासाथ अध्यक्ष ओलीले राष्ट्रपतिलाई दुई घन्टा भेट गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण मानिएको छ । पछिल्लो समय एमाले पनि नागरिकता विधेयकप्रति अनुदार देखिँदै आएको छ ।

    नागरिकता विधेयक एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत जारी गरिएको थियो । अहिलेको सरकारले त्यतिबेला एमाले सरकारले ल्याएको विधेयकलाई नै संसदमा प्रस्तुत गरी बहुमतले पारित गरेको हो ।

    तर, एमालेले भने विधेयकबारे असन्तुष्टि सार्वजनिक गर्दै चुनावमा भोटको राजनीति गरिरहेको छ । राष्ट्रपति भण्डारीले अब विधेयक प्रमाणीकरण गर्छिन् कि होल्ड गर्छिन् भन्ने केही समयमै खुल्नेछ ।

    तर, एमालेकै गाइडलाइनअनुसार चल्ने भएकाले राष्ट्रपतिले प्रमाणीकरण गर्ने सम्भावना निकै न्यून रहेको बताइन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend