सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

गगनको एक अभिव्यक्तिले कांग्रेसमा तरंग, दशैभर आशाको संचार  

गगनको एक अभिव्यक्तिले कांग्रेसमा तरंग, दशैभर आशाको संचार  

  • मिडिया डबली
  • शुक्रवार, भाद्र १७ २०७९

  • 10.7K
    SHARES

  • गगनको एक अभिव्यक्तिले कांग्रेसमा तरंग, दशैभर आशाको संचार  

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता मोहम्मद अफताव आलमलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार नबनाउने बताएका छन्। 

    शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्वारा लिखित पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा उनले क्षेत्रले सिफारिस गरे पनि आलम सांसद उम्मेदवार नबन्नेमा ढुक्क रहन आग्रह गरे। 

    आलमलाई नेपाली कांग्रेसले बुधबार रौतहट–२ बाट उम्मेदवार बनाउन सिफारिस गरेको थियो। आलमको नाम सिफारिस भएसँगै कांग्रेसको आलोचना भइरहेको छ। 

    शुक्रबारको कार्यक्रममा गगनभन्दा अगाडि बोलेका साहित्यकार नयनराज पाण्डेले इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेका व्यक्तिलाई कांग्रेसले उमेदवार बनाउँदै छ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदै छ भनेपछि गगनले आलमलाई उम्मेदवार नबनाइने बताएका हुन्।

    थापाले भने, ‘नयनराज दाइले गगनको पार्टी भन्नुभयो। कुनै बेला उहाँले पनि काम गरेको पार्टी हो। संविधानले वर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दाखेरी छाती ठोकेर यो निर्णय हामीले गरेको, मैले गरेको भन्न नसक्ने कुनै पनि निर्णय हामी भएको ठाउँबाट हाम्रो पार्टीले गर्दैन। यत्ति कुरा आश्वस्त पार्छु।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend