काठमाडौं– कांग्रेस महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र–४ बाटै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने बताएका छन्। ‘म काठमाडौं क्षेत्र–४ बाटै चुनाव लड्छु। यता कसैले आवेदन मागेको छैन। मैले दिएको पनि छैन। मेरो नाम सिफारिस भइहाल्छ,’ उनले भने।
कास्की निर्वाचन क्षेत्र–१ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यका लागि दिएको मनोनयन–पत्र सामाजिक सञ्जालमार्फत बाहिरिएपछि गगनले यस्तो बताएका हुन्।
कास्की क्षेत्र–१ बाट मनोनयन फारम दर्ता गरिएकोबारे जानकारी नभएको उनले बताए। महामन्त्री थापाले हालसम्म काठमाडौं क्षेत्र–४ बाट उम्मेदवार बन्न आवेदन दिइनसकेको दाबी गरे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।